News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य भिडियो मनोरञ्जन समाचार

बिनय र गरिमा अभिनित मनै रुवाउने ‘तिम्रै  माया लाग्छ’ सार्वजनिक

काठमाण्डौं। बिनय गदालको डेब्यु म्युजिक भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ।

परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ। गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ । यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा बिनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा रामचन्द्र अधिकारी र हरिशरण रसाइलीको समेत अभिनय रहेको छ। भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ। शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

 

डनन्यूज ट्रेन्डिङ