
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
दमौली । विगत लामो समयदेखि आफूले भोगचलन गर्दै आएको भूमिको पुर्जा सिरानीमा राखेर निदाउने तनहुँको शुक्लागण्डकी नगरपालिकाको चाहना अझै पूरा हुनसकेको छैन । पटक–पटक लालपुर्जा पाउने आश्वासन पाए पनि त्यो सपना अधुरै छ । निर्वाचनका बेला भोट तान्न आश्वासन पाए पनि स्थानीयवासीले लालपुर्जा पाउन सकेका छैनन् ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । गत चैतमा गठन भएको आयोगले काम शुरु गरेको छ । उक्त आयोगले स्थानीयस्तरमा पुगेर जनतासँग अन्तक्र्रिया थालेको छ । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले विभिन्न ठाउँमा पुगेर भूमिहीन जनतासँग छलफल गरिने जानकारी दिनुभयो । यसैक्रममा आयोगले शुक्लागण्डकी–२ हलेदी र शुक्लागण्डकी–७ स्याउलीबजारमा आयोजना गरेको कार्यक्रममा यसपटक भूमिहीनले लालपुर्जा पाउने आश्वासन दिलाउनुभयो ।
संविधानमा मौलिक हककारूपमा प्रत्येक नेपालीले आवास र जमिनको व्यवस्था हुन्छ भनेर लेखिएकाले सोहीबमोजिम पुर्जा वितरण हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अगाडिका आयोगबाट जग्गा पाएनाँै, यसपालि पनि पाइँदैन कि भन्ने नठान्नुहोला । पुर्जा पाउनुहुन्छ, ढुक्क हुनुहोस् ।”
शुक्लाण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरपालिकाले लालपूर्जा दिलाउन आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले लामो प्रतिक्षापछि लालपूर्जा लिने अवसर प्राप्त भएकाले जनस्तरबाट पनि आवश्यक सहयोगको गर्न आग्रह गर्दै पुस मसान्तसम्म भूमिहिन समस्या समाधानका लागि नगर र वडास्तरीय समिति गठन हुने जानकारी गराउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले क्षेत्राधिकारमा रहेर पुर्जा वितरण हुने बताउनुभयो । शुक्लागण्डकीमा झण्डै पाँच ५०० भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । आयोगले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकासँग सम्झौता गरेको छ । आयोगको जिल्ला समिति गठन नभइसकेकाले सम्बन्धित पालिकासँग समन्वय गरेर काम गर्ने गरी सम्झौता भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रत्येक व्यक्तिको घरघरमै पुगेर फाराम भरिनेछ ।
माघको पहिलो हप्ताभित्र तथ्याङ्क सङ्कलन हुने र असार महिनाभित्र सम्झौता गरेका पालिकामा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने आयोगको तयारी छ । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले एकाइ कार्यालय खोलेर काम शुरु गरिने जानकारी दिनुभयो । “भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न सम्झौता भएको छ, अब कामलाई तीव्रता दिन्छौँ ”, सिग्देलले भन्नुभयो, “अनुसन्धान गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, वास्तविक भूमिहीन भए/नभएको पहिचान गर्ने सबै जिम्मेवारी पालिकाको हो ।”
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन