News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

'बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो'

वाग्मती । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

वाग्मती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो । बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

डनन्यूज ट्रेन्डिङ