
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
पोखरा । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसमेत रहनुभएका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो ।
सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ । सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस् भनेर पुरस्कार घोषणा गरेको थिएँ, सोहीअनुसार स्वर्ण विजेतालाई सुनको पदकबाट सम्मान गर्नेछौँ ।” संयोजक गुरुङ बक्सिङका पूर्वखेलाडी तथा नेपाल बक्सिङ सङ्घका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।
एकेडेमीले यही मङ्सिर ८ गते पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा निधन हुनुभएका प्याराग्लाइडिङका पाइलट एवं बडीविल्डिङ तथा कराँतेका खेलाडी राजु नेपालीको परिवारलाई समेत रु एक लाख एक हजार १११ आर्थिक सहयोग गर्ने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन