
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ ।
हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो ।
समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न वन्यजन्तु गाउँबस्ती आसपासका जङ्गलमा बासस्थान लिन थालेको र यही समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा विशेष गस्ती गर्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।
रसुवा, नुवाकोट तथा सिन्धुुपाल्चोक जिल्लाको उच्चभागका एक हजार ७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र करिब ४६ प्रजातिका स्तनधारी जनावर रहेको बताइएको छ । तीमध्ये अधिकांश जनावरले चिसो छल्न बेँसी झर्ने र वसन्त ऋतुको आगमनपछि यथास्थानमा फर्कने गरेको वन प्राविधिकहरुको भनाइ छ ।
सुरक्षाका लागि यहाँ नेपाली सेना कालीजङ गण कार्यरत रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रको वन, वनस्पति, वन्यजन्तु र समग्र जैविक विविधता संरक्षणका लागि तीनवटै जिल्लाको आफ्ना आधार इलाकामा दर्जनौं सुरक्षा पोष्ट स्थापना गरी सुरक्षा अङ्ग र निकुञ्ज प्राविधिकको संयुक्त गस्ती टोलीले वन जङ्गलको अनुगमन गरिरहेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिनुभयो ।
भालु, बँदेल, चरीबाघ, हिउँ चितुवा, ब्वाँसो, आस्मिज, बाँदर, कस्तुरी मृग, स्याल, रातोहाब्रे जस्ता विविध जनावर निकुञ्ज क्षेत्रमा रहेका छन् । कालो भालु तथा बँदेलले आफ्नो रैथाने बासस्थान छोडृर जाडोयामभर आहाराको खोजीमा मानवबस्तीको आसपाससम्म पुग्न सक्ने बताउँदै वन्यजन्तुविद् डा मुकेश चालिसेले यस्ता जनावरबाट हुनसक्ने मानव आक्रमणप्रति सावधानी अपनाउन जरुरी रहेको जानकारी दिनुभयो ।
जाडोयाममा मानवबस्तीका आसपासमा पुगेका भालुले गत आर्थिक वर्षमा नौ जनालाई आक्रमण गरेको थियो । यस्ता जोखिम न्यूनीकरणका लागि जङ्गलमा चौपाया चराउँदा वा खेतबारीमा काम गर्दा, बिहानबेलुका हिँडडुल गर्नुपर्दा साथीको साहरा लिन आग्रह गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
त्यस्तै पक्षीतर्फ निकुञ्जमा २५० भन्दा बढी चराचुरुङ्गी रहेका छन् । चिसोयाममा केही प्रजातीका चरासमेत घुमन्ते फिरन्ते हिसाबले बेँसीतर्फ झर्ने गरेको वन प्राविधिकको भनाइ छ । समग्रमा जैविक विविधता संरक्षण गर्ने आम नागरिकको साझा दायित्व भएकाले वन्यजन्तु चोरी शिकार रोक्नका लागि सहयोग गरिदिन निकुञ्ज प्रशासनले सबैमा आग्रह गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन