News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’: सहमहामन्त्री महत

कपिलवस्तु । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गर्नुभएको छ । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताउनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया