
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
३रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
४रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरु गरिएको छ । रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र थनेतले बताउनुभयो ।
साइड अफिस, कम्पाउण्डवाल र पार्किङस्थल निर्माणको काम थालनी गरिएको अध्यक्ष थनेतले बताउनुभयो । आउँदो पुस महिनाभित्र पहिलो चरणको काम सकिने र त्यसलगत्तै दोस्रो चरण (सिभिलको) काम थालनी गरिने उहाँले जानकारी दिनुभयो ।
जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केन्द्रमा आठवटा च्याम्बर रहनेछन्, जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले चिस्यान केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने थनेतले जानकारी दिनुभयो ।
अध्यक्ष थनेतका अनुसार केन्द्र, प्रदेश र ‘रिटर्नी’ नेपालीहरुको लगानी गरी रु २० करोडको लागतमा नवलपुर चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरुको पहलमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो । वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरुको पहलमा चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष थनेतले बताउनुभयो । यस चिस्यान केन्द्रमा देशभरका रिटर्नीहरुको सहभागिता रहेको छ ।
अठार कठ्ठा जग्गा लिजमा लिएर उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । नवलपुर कृषि उपजका हिसाबले समृद्ध रहेको र यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसानदेखि उपभोक्तासम्मलाई लाभ दिन सकिने भएका कारण चिस्यान केन्द्र निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको थनेतले बताउनुभयो । कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बिउबीजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको भनाइ छ । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उहाँ बताउनुहुन्छ । जिल्लामा नै चिस्यान केन्द्र निर्माण हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । कावासोती नगरपालिका–१४ अग्यौलीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम थालनी गरिएसँगै जिल्लाका किसानले उत्पादित कृषि उपजको भण्डारण गर्न अन्यत्र जान नपर्ने भएपछि खुशी छन् ।
चिस्यान केन्द्र स्थापनापछि उत्पादन गरेका भण्डारण गर्न मिल्ने कृषि उपजलाई आफ्नै ठाउँमा भण्डारण गरेर राख्न सहज हुने मध्यविन्दु नगरपालिकाका कृषक हरि ढकालले बताउनुभयो । “मैले कागतीखेती गर्दै आएको छु । लकडाउनका कारण कागती बिक्री नहुँदा कुहिएर गयो । चिस्यान केन्द्र भएको भए त भण्डारण गर्न सक्थेँ”, ढकालले भन्नुभयो, “जिल्लामै चिस्यान केन्द्र बन्ने भएपछि हामीजस्ता किसान धेरै खुशी छौंँ, हाम्रो उत्पादन खेर जानबाट जोगिन्छ भन्ने लागेको छ ।”
जिल्लाको हुप्सेकोट गाउँपालिका पनि आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँको आलु छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ । कहिलेकाहीँ समयमा आलु बिक्री नहुँदा कुहिएर फाल्नु परेको सम्झँदै कृषक यमबहादुर माकिम भन्नुहुन्छ, “जिल्लामा चिस्यान केन्द्र नहुँदा उत्पादन गरेको तरकारी भण्डारण गर्न पाएका छैनाँै । बाहिर जिल्लामा राख्दा लागत बढ्छ, आफ्नै जिल्लामा चिस्यान केन्द्र बनेपछि त भण्डारण गरी बेमौसममा पनि बिक्री गर्न पाएमा मूल्य राम्रो पाइन्छ ।”
जिल्लामा उत्पादन हुने आलु, सुन्तला, अमिलो, प्याजलगायतका कृषि उपज र हिमाली क्षेत्रको स्याउसमेतको यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजोन कार्यक्रमका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । रासस
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन