
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
मिडिया हाउसको आडमा नक्कली नोट छाप्ने र लागुऔषधको कालो धन्दा चलाउने खतरनाक गिरोह
सुर्खेत, ३१ असार । एउटा साधारण तरकारी पसलेको फोनले खोलिदियो यस्तो अपराधको कालो जालो, जसले बाँके, सुर्खेत र जाजरकोटलाई नै हल्लाइदिएको छ ! मिडिया हाउसको आडमा नक्कली नोट छाप्ने र लागुऔषधको कालो धन्दा चलाउने खतरनाक गिरोहलाई सुर्खेत प्रहरीले मंगलबार राति नाटकीय ढंगले पक्राउ गरेको छ। यो घटनाले प्रहरीको सतर्कता र अपराधको गहिराइलाई उदांगो बनाएको छ।
पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका—५, की २२ वर्षीय दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका—७, समकोट घर भई हाल भेरीगंगा नगरपालिका—१२, ठकुरी टोलस्थित डेरामा बस्दै आएका ३५ वर्षीय कृष्णबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक र कालिकोटको नरहरीनाथ गाउँपालिका—४, घर भई बाँकेको कोहलपुर नगरपालिका—११, न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउस सञ्चालन गरि बसेका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन् ।
मनबहादुर सहकारी जसले ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया हाउसको आडमा नक्कली नोट छाप्ने र अफिमको कारोबार गर्ने गर्दथे । उनी नैं यो अपराधको मुख्य योजनाकार थिए । दिलमाया सिंह ठकुरी आफ्ना बालबच्चालाई पढाउन सुर्खेत झरेकी थिईन् । उनलाई आफ्नै दाइले अपराधको दलदलमा फसाएका थिए । त्यसैगरी, रामबहादुर सिंह स्वास्थ्यकर्मीको भेषमा अपराधको मास्टरमाइन्ड थिए । जसले नक्कली नोटको झोला बोकेर गाडीमा पठाउने काम गर्थे ।
कृष्णबहादुर वली जसले ठकुरी टोलको डेरामा बसेर लागुऔषधको कारोबार सञ्चालन गर्दै आईरहेका थिए । उनीसँगैं प्रेमबहादुर विक पनि संलग्न थिए ।
प्रहरीले यिनीहरूको साथबाट १३ लाख नक्कली नोट, ३० किलोग्राम अफिमजस्तो पदार्थ, र नोट छाप्ने कम्प्युटर, प्रिन्टर, सीपीयुजस्ता उपकरण बरामद गरेको छ । यी नोटहरू यति सावधानीपूर्वक छापिएका थिए कि प्रहरीलाई समेत गन्तीमा झुक्किन्थ्यो!
कसरी खुल्यो यो कालो धन्दा?
सोमबार दिउँसो वीरेन्द्रनगरको एक तरकारी पसलेले प्रहरीको १०० नम्बरमा फोन गरिन्ः “एउटा महिला आएर नक्कलीजस्तो नोट दिएर सामान किनिन्, आइदिनुस्!”
यो फोनले प्रहरीको कान ठाडा भयो। तत्काल टोली वीरेन्द्रनगर–१०, शान्ति टोल पुग्यो। त्यहीँ दिलमायाले नक्कली नोटले सामान किन्दै थिइन्। उनको साथबाट ६ हजार नक्कली नोट बरामद भयो, सबै एउटै नम्बरका! शंका गहिरियो।
दिलमायाले प्रहरीलाई भनिन्, “यो पैसा मलाई दाइले दिएका हुन्!” उनको दाइ थिए—रामबहादुर सिंह। प्रहरी उनको डेरामा पुग्दा १२ लाख ४९ हजार नक्कली नोटको झोला फेला पर्यो। रामबहादुरले स्वीकारे, “यो पैसा मलाई अरूले दिएका हुन्, माथि अफिम किन्दा आएको हो।”
छिन्चुबाट जाजरकोटसम्मः अपराधको सञ्जाल
रामबहादुरको बयानले प्रहरीलाई छिन्चु पुर्यायो, जहाँ कृष्णबहादुर वली र प्रेमबहादुर विकको साथबाट ११ किलो ३७२ ग्राम अफिम बरामद भयो । जाजरकोट पुगेर प्रहरीले रामबहादुर सिंहलाई नै मुख्य योजनाकारको रूपमा पक्राउ गर्यो। उनले नक्कली नोट बोकेर गाडीमा पठाउने र मोटरसाइकलमा सुरक्षित हिँड्ने योजनालाई प्रहरीले निस्तेज पारिदियो।
बाँकेको मिडिया हाउसमा नक्कली नोटको कारखाना
अपराधको जालो बाँकेको कोहलपुरसम्म फैलिएको खुलासा भयो। मनबहादुर सहकारीले ‘जनगर्जन नेटवर्क प्रालि’को आडमा नक्कली नोट छाप्थे र १९ किलो ३०० ग्राम अफिमको कारोबार गर्थे। प्रहरीले उनको कोठाबाट १५ लाख नक्कली नोट र तिनलाई छाप्ने उपकरणहरू बरामद ग¥यो। उनले स्वीकारे, “अफिमको हतारको कारोबारमा नक्कली नोट सजिलै चलाउन सकिन्छ भन्ने सोचेर मैले यो गरेको हुँ।”
मास्टरमाइन्डको कालो इतिहास
मनबहादुर पहिले विप्लवको नेकपामा आबद्ध थिए। उनलाई एक वर्षअघि गलत काम गरेको भन्दै पार्टीबाट निकालिएको थियो। उनको यो कालो धन्दाले लागुऔषध र नक्कली नोटको गहिरो सम्बन्धलाई उजागर गरेको छ।
अझै ठूलो सञ्जालको आशंका
प्रहरीले अझै फरार जयबहादुर विष्टको खोजी गरिरहेको छ। प्रहरी उपरीक्षक सुधीरराज शाही भन्छन्, “यो सञ्जाल अझ ठूलो हुन सक्छ। हामी डिजिटल फरेन्सिक ल्याबमार्फत कम्प्युटर र हार्ड ड्राइभको अनुसन्धान गर्दैछौँ।”
यो सनसनीपूर्ण खुलासाले बाँके, सुर्खेत र जाजरकोटको अपराधी सञ्जाललाई तहसनहस बनाएको छ। प्रहरीको यो सक्रियताले समाजमा लुकेका यस्ता कालो धन्दालाई उजागर गर्न कति महत्त्वपूर्ण छ भन्ने कुरा स्पष्ट भएको छ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण