
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
सम्बन्ध बिग्रिसकेको अवस्थामा जबरजस्ती सँगै बस्नुपर्ने वा एक वर्ष कानुनी सम्बन्धमै बाँधिरहनुपर्ने बाध्यता हट्नेछ।
पोखरा, २१ असार । अहिले देशभर श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु हिंसा र ज्यानै लिने जस्ता घटनाहरू डरलाग्दो रूपमा बढिरहेका छन्। पछिल्लो समय श्रीमानले श्रीमतीको हत्या गर्ने घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन्। यस्ता हिंसात्मक घटना नहोस् भनेर सरकारले सम्बन्ध–विच्छेद प्रक्रिया सजिलो बनाउने कानुनी सुधार अघि सारेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको देवानी संहिता संशोधन मस्यौदामा श्रीमान्–श्रीमतीले संयुक्त रूपमा सम्बन्ध–विच्छेदको निवेदन दिएको खण्डमा एक वर्ष कुर्न नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। हालको कानुनअनुसार सम्बन्ध–विच्छेदका लागि संयुक्त निवेदन परे पनि मेलमिलाप प्रयासपछि मात्र एक वर्षपछि मात्र छुट्टिन पाउने व्यवस्था छ।
कानुनी प्रक्रिया झन्झटिलो र ढिलो भएका कारण हिंसात्मक बाटो रोज्ने सम्भावना बढेको
नयाँ प्रस्तावले के भन्छ ?
संहिताको दफा ९६, ९८ लगायतका प्रावधान संशोधन गरी यदि दुवै जनाको सहमति छ भने तत्काल सम्बन्ध–विच्छेदको फैसला गर्न सकिने बनाइँदैछ। यो प्रावधान लागू भएपछि सम्बन्ध बिग्रिसकेको अवस्थामा जबरजस्ती सँगै बस्नुपर्ने वा एक वर्ष कानुनी सम्बन्धमै बाँधिरहनुपर्ने बाध्यता हट्नेछ।
कानुन मन्त्रालयका प्रवक्ता कोमलबहादुर खत्रीका अनुसार यो प्रस्ताव हिंसा, मानसिक पीडा वा थप दुव्र्यवहार हुन नदिन ल्याइएको हो। उनी भन्छन्, “विवाहजस्तो निजी निर्णयमा राज्यले एक वर्ष पर्खिनु भनेको स्वतन्त्रताको हनन हो। सम्बन्ध पूर्णतः चिसिइसकेको अवस्थामा जबरजस्ती मेलमिलाप प्रयास गर्नुले अझ पीडा थप्ने सम्भावना हुन्छ।”
किन आवश्यक भयो यस्तो संशोधन ?
अदालतका तथ्यांक अनुसार, आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी मुद्दा सम्बन्ध–विच्छेदका परेका थिए। जिल्ला अदालतमा मात्र ४० हजारभन्दा बढी यस्ता मुद्दा दर्ता भएका थिए। धेरै जोडीले मेलमिलापभन्दा छुट्टिने चाहना देखाए पनि कानुनी प्रक्रिया झन्झटिलो र ढिलो भएका कारण हिंसात्मक बाटो रोज्ने सम्भावना बढेको विज्ञहरू बताउँछन्।
यो कानुनी संशोधन प्रस्ताव अहिलेको सामाजिक यथार्थ र घरेलु हिंसाको बढ्दो दरसँग मेल खाने गरी आएको छ। जबरजस्ती सम्बन्ध जोगाइराख्नुपर्दा मानसिक तथा शारीरिक हिंसा हुने सम्भावना बढ्ने भएकाले अब स्वतन्त्रता र मानव अधिकारलाई मध्यनजर गर्दै सम्बन्ध विच्छेद प्रक्रिया सहज बनाइँदैछ। यसलाई समयानुकूल सुधारको रूपमा हेरिएको छ, जसले धेरै पीडितलाई न्यायको ढोका खुला गर्ने विश्वास गरिएको छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी