
१प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
२चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
३निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
४नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
५रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
६घट्यो बाल मृत्युदर
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
९कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१२टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२महान्यायाधिवक्ताको विवादास्पद निर्णय
३आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
४पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
५घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
६नेपाली काँग्रेसको सभापतिमा गगन थापा
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
९सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१०गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
११गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
१२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नै अल्पमतमा परेका थिए ।
काठमाडौं, १८ असार । साढे चार वर्षदेखि झुण्डिएको संवैधानिक पदाधिकारी नियुक्तिको विवादमा अन्ततः सर्वोच्च अदालतले बुधबार मध्यराति फैसला सुनाएको छ। पाँच सदस्यीय संवैधानिक इजलासले ५२ जना पदाधिकारीको नियुक्ति सदर गर्ने निर्णय सुनाएको हो।
तीन न्यायाधीश— सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडाल नियुक्ति सदरको पक्षमा उभिँदा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले फरक मत दिएका छन्।
फैसलाअघि सर्वोच्च अदालतमै उपस्थित भएर सञ्चारकर्मी, कानुन व्यवसायी र रिट निवेदकसँग बोलेका प्रधानन्यायाधीश राउतले भने, “हामीले तपाईंहरूलाई धेरै समय कुराइमा राख्यौं, त्यसका लागि क्षमा चाहन्छौं।”
रातको ठीक १२:०७ बजे निर्णय सुनाउँदै उनले भने, “३२ जना पदाधिकारीको नियुक्ति बहुमतले सदर भएको हो। त्यसबारे परेको रिट खारेज गरिएको छ भने पछिल्लो २० जनाको नियुक्ति सर्वसम्मतबाट सदर भएको हो।”
पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नै अल्पमतमा परेका थिए । यससँगै नियुक्त पदाधिकारीले पूरा कार्यकाल काम गर्न पाउने भएका छन् । संवैधानिक निकायका पदाधिकारीको कार्यकाल ६ वर्षको हुन्छ ।
विवादको सुरुआत : अध्यादेश र नियुक्ति
२०७७ माघ २१ मा सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन गर्दै ३२ जना र २०७८ असार १० मा थप २० जना संवैधानिक पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५२ जना पदाधिकारी नियुक्त गरेकी थिइन्।
तर, ती सिफारिसहरू संवैधानिक परिषद्को विधि विपरीत भएको भन्दै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ओमप्रकाश अर्याललगायतले रिट दायर गरेका थिए।
के हो मुख्य विवाद?
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने र सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य हुने व्यवस्था छ। तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बैठक बस्न र निर्णय गर्न केवल बहुमत सदस्य उपस्थित भए पुग्ने व्यवस्था ल्याएको थियो।
यही संशोधित आधारमा ओली, तत्कालीन प्रधानन्यायाधीश जबरा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको उपस्थितिमा बैठक बसेर सिफारिस गरियो, जसलाई राष्ट्रपति भण्डारीले नियुक्तिमा परिणत गरिन्।
तर, संसद् विघटनका कारण ती नियुक्तिहरू संसदीय सुनुवाइमा जान नपाई कार्यान्वयनमा पुगे।
चार वर्षको पर्खाइ र अन्ततः फैसला
२०७७ देखि परेका १५ वटा रिट विभिन्न प्रधानन्यायाधीशको कार्यकालमा पटकपटक पेसीमा चढे पनि हेर्न नभ्याइनेमा राखिए। जबराको पालामा तिनै नियुक्तिमा उनी स्वयं संलग्न भएकाले निष्पक्षतामा प्रश्न उठेको थियो। कार्की, श्रेष्ठ हुँदै हालका प्रधानन्यायाधीश राउतको पालामा अन्ततः ११ दिन लगातार सुनुवाइ गरी ४८ दिनमा निर्णय लेखिएको हो।
फैसला यस्तो छ
२० जना पदाधिकारीको नियुक्ति (२०७८ असार १०): सर्वसम्मतले सदर
३२ जना पदाधिकारीको नियुक्ति (२०७७ माघ २१): बहुमतले सदर
राउत र सुवेदीको फरक मत: रिट खारेज उचित होइन, नियुक्ति विधिसम्मत छैन भन्ने राय
सर्वोच्चको यो निर्णयसँगै अध्यादेशको प्रयोग र संवैधानिक नियुक्तिमा देखिएको विवादको एउटा अध्याय टुंगिएको छ। नियुक्तिका विषयमा वर्षौंदेखि टुंगो नलागेकोमा न्यायिक प्रक्रियाप्रति चर्को आलोचना हुँदै आएको थियो। अधिकांश पदाधिकारीको कार्यकाल सकिनै लाग्दा मात्र सर्वोच्चको निर्णय आएको हो।