
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १६ असार । पोखरा–२५, हेमजास्थित देवीस्थान सेवा समाजको आयोजनामा पाँचौं हेमजा हिलो महोत्सव–२०८२ आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ। दिनभर वर्षा जारी रहे पनि स्थानीय बासिन्दादेखि अन्य वडाका नागरिकसम्मको बाक्लो सहभागिताले महोत्सवमा उल्लासको रौनक थपेको थियो।
महोत्सवको सुरुवात देवीस्थान माई मन्दिरमा पूजा आराधनापछि कृषि झाँकीसहितको शोभायात्राबाट भएको थियो। शोभायात्रा देवीस्थान मार्ग हुँदै मिलनचोक परिक्रमा गरेर महोत्सव स्थलमा पुगेको थियो। ब्यानर र झण्डाले सजिएको महोत्सव स्थल यसपटक अघिल्ला वर्षहरूभन्दा थप व्यवस्थित र आकर्षक देखिएको थियो।
महोत्सवमा हिले दौड, रस्साकस्सी, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाइँ, हलगोरु दौड, आमा समूहबीचको असारे भाका, माछा समाउने लगायत विविध प्रतियोगिता सञ्चालन गरिएको थियो।
४० वर्षमाथिको पुरुष हिले दौडमा ईश्वर सापकोटा प्रथम र वसन्त सापकोटा द्वितीय भए। महिला खुलातर्फ रमा भण्डारी प्रथम र कल्पना भण्डारी द्वितीय घोषित भए। खुला हिले दौडमा सागर नेपाली प्रथम र अभियान तिम्सिना द्वितीय बने।
धान रोपाइँ प्रतियोगितामा विष्णुपादुका मावि प्रथम र हेमजा बेडिङ द्वितीय भए। रस्साकस्सी पुरुषतर्फ सुन्दर पुरी युवा समूह प्रथम र सिमपानी दाजुभाइ समूह द्वितीय भए। महिलातर्फ भने देवीस्थान आमा समूह प्रथम र विश्वकर्मा आमा समूह द्वितीय घोषित भए।
हलगोरु दौडमा हरी परियारले प्रथम र रोशन परिवारले द्वितीय स्थान पाए। माछा समाउनेमा सरु परियार प्रथम र विवेक विक द्वितीय भए। झाँकीतर्फ देवीस्थान आमा समूह प्रथम, देवीस्थान भजन समूह द्वितीय र चापाघाट आमा समूह तृतीय भए।
महोत्सवका अवसरमा उत्कृष्ट कृषक डिल्लीनाथ अधिकारी, सीता तिम्सिना र गोविन्द तिम्सिनालाई सम्मान गरिएको थियो। यस्तै, २०८१ सालको एसईई परीक्षामा ४।० जीपीए ल्याएर उत्कृष्ट नतिजा ल्याउने स्नो भ्यु सेकेन्डरी स्कुलका अंकित थापालाई पनि सम्मान गरिएको थियो।
हालै सम्पन्न गण्डकी ज्ञान कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भजन तर्फ देशभरका सयौं सहभागीलाई पछि पार्दै हेमजाको देवीस्थान भजन समूहले प्रथम, माछापुच्छ्रे सेवा समाजले द्वितीय र मातृकेश्वर भजन समूहले उत्कृष्ट शब्द चयनको पुरस्कार जितेका थिए। तिनै समूहलाई पनि महोत्सवमै सम्मान गरियो।
पोखरा महानगरका प्रवक्ता एवं वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले हेमजाको सांस्कृतिक पहिचान र मौलिकतालाई उजागर गर्ने उद्देश्यले हिलो महोत्सवको महत्व रहेको बताउँदै महानगरले यसलाई प्राथमिकतामा राखेर निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत अर्जुन देव ज्ञावलीले यस्ता कार्यक्रमले मौलिकता र परम्पराको जर्गेना गर्न योगदान दिने भन्दै निरन्तरताको आवश्यकता औंल्याए।
विष्णुपादुका धार्मिक गुठीका अध्यक्ष तथा समाजका सल्लाहकार चूडामणि तिम्सिनाले परम्परा र संस्कारको पुस्तान्तरण युवा पुस्तामै निर्भर रहेको बताउँदै यस्तो सक्रियता समाजका लागि प्रेरणादायी भएको बताए।
महोत्सव देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षता, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको स्वागत मन्तव्य र सचिव पुष्पराज तिम्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर