
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, १६ असार । पोखरा–२५, हेमजास्थित देवीस्थान सेवा समाजको आयोजनामा पाँचौं हेमजा हिलो महोत्सव–२०८२ आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ। दिनभर वर्षा जारी रहे पनि स्थानीय बासिन्दादेखि अन्य वडाका नागरिकसम्मको बाक्लो सहभागिताले महोत्सवमा उल्लासको रौनक थपेको थियो।
महोत्सवको सुरुवात देवीस्थान माई मन्दिरमा पूजा आराधनापछि कृषि झाँकीसहितको शोभायात्राबाट भएको थियो। शोभायात्रा देवीस्थान मार्ग हुँदै मिलनचोक परिक्रमा गरेर महोत्सव स्थलमा पुगेको थियो। ब्यानर र झण्डाले सजिएको महोत्सव स्थल यसपटक अघिल्ला वर्षहरूभन्दा थप व्यवस्थित र आकर्षक देखिएको थियो।
महोत्सवमा हिले दौड, रस्साकस्सी, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाइँ, हलगोरु दौड, आमा समूहबीचको असारे भाका, माछा समाउने लगायत विविध प्रतियोगिता सञ्चालन गरिएको थियो।
४० वर्षमाथिको पुरुष हिले दौडमा ईश्वर सापकोटा प्रथम र वसन्त सापकोटा द्वितीय भए। महिला खुलातर्फ रमा भण्डारी प्रथम र कल्पना भण्डारी द्वितीय घोषित भए। खुला हिले दौडमा सागर नेपाली प्रथम र अभियान तिम्सिना द्वितीय बने।
धान रोपाइँ प्रतियोगितामा विष्णुपादुका मावि प्रथम र हेमजा बेडिङ द्वितीय भए। रस्साकस्सी पुरुषतर्फ सुन्दर पुरी युवा समूह प्रथम र सिमपानी दाजुभाइ समूह द्वितीय भए। महिलातर्फ भने देवीस्थान आमा समूह प्रथम र विश्वकर्मा आमा समूह द्वितीय घोषित भए।
हलगोरु दौडमा हरी परियारले प्रथम र रोशन परिवारले द्वितीय स्थान पाए। माछा समाउनेमा सरु परियार प्रथम र विवेक विक द्वितीय भए। झाँकीतर्फ देवीस्थान आमा समूह प्रथम, देवीस्थान भजन समूह द्वितीय र चापाघाट आमा समूह तृतीय भए।
महोत्सवका अवसरमा उत्कृष्ट कृषक डिल्लीनाथ अधिकारी, सीता तिम्सिना र गोविन्द तिम्सिनालाई सम्मान गरिएको थियो। यस्तै, २०८१ सालको एसईई परीक्षामा ४।० जीपीए ल्याएर उत्कृष्ट नतिजा ल्याउने स्नो भ्यु सेकेन्डरी स्कुलका अंकित थापालाई पनि सम्मान गरिएको थियो।
हालै सम्पन्न गण्डकी ज्ञान कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भजन तर्फ देशभरका सयौं सहभागीलाई पछि पार्दै हेमजाको देवीस्थान भजन समूहले प्रथम, माछापुच्छ्रे सेवा समाजले द्वितीय र मातृकेश्वर भजन समूहले उत्कृष्ट शब्द चयनको पुरस्कार जितेका थिए। तिनै समूहलाई पनि महोत्सवमै सम्मान गरियो।
पोखरा महानगरका प्रवक्ता एवं वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले हेमजाको सांस्कृतिक पहिचान र मौलिकतालाई उजागर गर्ने उद्देश्यले हिलो महोत्सवको महत्व रहेको बताउँदै महानगरले यसलाई प्राथमिकतामा राखेर निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत अर्जुन देव ज्ञावलीले यस्ता कार्यक्रमले मौलिकता र परम्पराको जर्गेना गर्न योगदान दिने भन्दै निरन्तरताको आवश्यकता औंल्याए।
विष्णुपादुका धार्मिक गुठीका अध्यक्ष तथा समाजका सल्लाहकार चूडामणि तिम्सिनाले परम्परा र संस्कारको पुस्तान्तरण युवा पुस्तामै निर्भर रहेको बताउँदै यस्तो सक्रियता समाजका लागि प्रेरणादायी भएको बताए।
महोत्सव देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षता, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको स्वागत मन्तव्य र सचिव पुष्पराज तिम्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई