
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
प्राधिकरण नेतृत्वको योग्यता निर्धारणदेखि छनोट प्रक्रियासम्म एमाले निकट पात्रहरूलाई लक्षित गरिएको देखिएको छ ।
काठमाडौं, ९ असार । सरकारले विवादास्पद व्यक्ति परितोष पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बनाउन लागिपरेको देखिएको छ । नेफ्स्कुनको २० करोडको सफ्टवेयर खरिद प्रकरणमा संलग्नता देखिएका पौडेल अहिले सहकारी नियमनको प्रमुख पदका लागि दौडमा छन् ।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको सिफारिस समितिले गठन गरेको छनोट प्रक्रियामा परितोष पहिलो चरणबाट अगाडि बढेका हुन् । सहकारी क्षेत्रमै लामो समयदेखि सक्रिय रहँदै आएका पौडेल नेकपा एमालेको सहकारी विभागका सचिव तथा नेफ्स्कुनका पूर्वअध्यक्ष हुन् ।
प्राधिकरण नेतृत्वको योग्यता निर्धारणदेखि छनोट प्रक्रियासम्म एमाले निकट पात्रहरूलाई लक्षित गरिएको देखिएको छ । ‘पदका लागि योग्यता तोक्दा नै खास व्यक्तिलाई अनुकूल हुने गरी मापदण्ड बनाइएको छ,’ एक स्रोतले भन्यो, ‘त्यसअनुसार पौडेलको सम्भावना बढेको छ ।’
सफ्टवेयर खरिदमा मिलेमतोको आरोप
नेफ्स्कुनको अध्यक्ष रहँदाको समयमा पौडेल र उनका नेतृत्वमा २० करोड रुपैयाँ बराबरको सफ्टवेयर खरिद प्रक्रिया विवादित बनेको थियो। नेफ्स्कुनले रारा डिजिटल ल्याब्स प्रालिसँग मिलेर “मिरा ईआरपी“ नामक सफ्टवेयर विकास गरेको थियो, जसमा नेफ्स्कुनले १२ करोड र राराले ८ करोड लगानी गर्ने सम्झौता गरेको थियो ।
तर, प्रतिस्पर्धामार्फत खरिद गर्नुको साटो एउटै समूहका तीन फरक कम्पनीमार्फत बोलपत्र मागेर मिलेमतोमा रारालाई रोजिएको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यसबेलाको लेखा प्रतिवेदनमा स्वार्थको द्वन्द्वसमेत देखाइएको छ ।
‘न त पूर्ण सञ्चालन, न त लगानी फिर्ता हुने सम्भावना’
२०७९/८० को लेखा परीक्षण प्रतिवेदनले मिरा ईआरपी सफ्टवेयर न त समयमै व्यावसायिक रूपमा सञ्चालनमा आएको न त त्यसले अपेक्षित सेवा दिन सकेको स्पष्ट पारेको छ । प्रतिवेदनका अनुसार सफ्टवेयर बिक्रीसमेत हुन नसकेको र ग्राहक सन्तुष्ट नभएको हुँदा लगानी शून्यमा परिणत हुने अवस्था छ ।
छनोट सूचीमा एमाले निकटहरुको दबदबा
अध्यक्ष पदका लागि पौडेलसँगै अर्जुन पोखरेल, डा. हरिकुमार नेपाल, नारायण पौडेल, अनिल पौडेल र डा. खगराज शर्मा सर्ट लिस्टमा छन् । शर्मा एमाले सहकारी विभागका अर्का सदस्य हुन् । विज्ञ सदस्यतर्फ पनि एमाले निकट डा. शर्मा, नारायण पौडेल, रमेश चौलागाईं, सहदेव बस्नेत र रुपा जोशी छनोटमा परेका छन् ।
यसरी विवादास्पद विगत भएका, आन्तरिक अनियमितताको आरोप खेपिरहेका व्यक्तिलाई नियमन जस्तो संवेदनशील क्षेत्रमा अघि सार्ने सरकारी प्रयासले सहकारी क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी