
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
पोखरा , १६ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्य अन्वेषक प्रा डा दयाराम श्रेष्ठ(सम्भव)लाई सम्मान गरिएको छ । उहाँलाई रु ५० हजार नगद, दोसल्ला र सम्मानपत्रबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षालाई सम्मान गरिएको छ । उहाँलाई रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रममा चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित एवं लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ सांस्कृतिक पुरस्कारबाट शिवहरि ढुङ्गानालाई पुरस्कृत गरिएको छ । उहाँलाई रु २५ हजार नगदसहित दोसल्ला र सम्मापत्र प्रदानगरी पुरस्कृत गरिएको हो ।
मधुुमाया शिक्षा पुरस्कारबाट जनज्योति माविमा यस वर्षको एसइईमा प्रथम हुने करुणा गौतमलाई रु १० हजार नगदसहित सम्मान गरिएको छ ।
त्यस्तै लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडेल र शेरविष्णुमाया गुरुङ लेखनाथ पत्रकारिता पुरस्कारबाट दीपक परियारलाई सम्मानित गरिएको छ । उहाँहरूलाई क्रमशः रु ११ हजार एक सय ११ र रु पाँच हजारसहित, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणिको जन्मस्थललाई साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न लागिएको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले नेपाली साहित्यको विकासमा लेखनाथ पौड्यालले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व प्रा डा श्रेष्ठले कवि शिरोमणिको जन्मस्थल साहित्यिक तीर्थस्थल भएको बताउँदै यसलाई साहित्यानुरागीको गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कवि शिरोमणि जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपिराज पौडेलको अध्यक्षता एवं लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा पौडेल वंश महासङ्घका केन्द्रीय अध्यक्ष हरिराम पौडेल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्ची, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललगायत सम्मानित व्यक्तित्वले नेपाली साहित्यको विकासका लागि लेखनाथ पौड्याल गर्नुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी