
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
बेनी । वरिपरि जङ्गलले घेरिएको बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिइएको छ । यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलीडाँडा नजिकको भेडीगोठको दृश्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडीगोठको सुरक्षाको सम्पूर्ण जिम्मेवारी गोठमा रहेका पाँच वटा भोटे जातका कुकुरको रहेको भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताउनुभयो ।
करिब ४०० भेडाबाख्रा रहेको छन्त्यालको गोठमा दुई जना हेरालु छन् तर उनीहरुको जिम्मेवारी भेडाबाख्रालाई चरण क्षेत्रमा लगाउने र गोठको सामान ओसार पोसार गर्ने मात्रै हो । गोठमा रहेका भेडाबाख्रालाई जङ्गली जनावरबाट बचाउने र गोठका हेरालुहरुको समेत सुरक्षाको प्रमुख जिम्मेवारी गोठमा रहेका कुकुरहरुकै रहेको भेडापालक कृषक छन्त्याल बताउनुहुन्छ ।
गोठमा रु १५ देखि ६० हजारसम्ममा छन्त्यालले कुकुर खरिद गरी गोठमा पाल्नुभएको छ । चरणक्षेत्रदेखि रातमा सिङ्गो गोठको सुरक्षाका लागि कुकुर नै पहिलो रक्षकको रूपमा रहेको छन्त्याललको अनुभव छ । गत वर्ष रोगका कारण गोठमा कुकुर मरेपछि आफ्नो गोठमा १५ दिनको अवधिमा बाघ र चितुवाले १५ वटा र स्यालले ५ वटा भेडाबाख्रा मारेको छन्त्यालले जानकारी दिनुभयो । “कुकुर भएको समयमा अहिलेसम्म गोठमै बाघ र चितुवा आउन सकेका छैनन्, कहिलेकाहीँ कुकुरको आँखा छलेर चरणक्षेत्रमा भने आक्रमण हुने गरेको छ, भेडीगोठको रक्षक भनेकै कुकुर हो”, उहाँले भन्नुभयो ।
भेडीगोठमा रहेका भेडाबाख्रासँगै कुकुरहरु समेत चरणक्षेत्रमा जाने गर्छन् । बेँसीदेखि हिमालको फेदीसम्म घना जङ्गलका बीचमा गोठ राख्दै आएका मल्कबाङका अर्का भेडापालक कृषक कमरा विकले कुकुरहरु आफ्नो सुरक्षाको सिपाही र गोठको सारथी भएको बताउनुभयो । जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने चलन रहेको छ । दिनको समयमा चरण क्षेत्रमा जाने कुकुरहरु रातको समयमा भेडाबाख्रा बसेको चौरको वरपर बसेर भेडाबाख्रा र गोठको पहरेदारको काम गर्ने विकको भनाइ छ । “यहाँ मेरो साथी भनेकै कुकुर हो, रात होस् या दिन, मेरो र गोठमा रहेका भेडाबाख्रालाई जङ्गली जनावरको आक्रमणबाट बचाउने जिम्मा उसैको हो”, विकले भन्नुभयो ।
घरपालुवा गुनिलो जनावरको रूपमा चिनिने कुकुर केही वर्ष अघिसम्म ग्रामीण भेगका घरघरमा पालिन्थे । समाज विकाससँगै गाउँघरमा समेत कुकुर पालन हराउँदै जान थाले पनि अनकन्टार जङ्गल र हिमालको फेदीमै पुगेर गरिने भेडाबाख्रा पालनका लागि भने कुकुर अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेको छ ।
कतैबाट बाहिरी नचिनेको मानिस र जङ्गली जनावर गोठ र भेडाबाख्रातर्फ अघि बढेमा ठूलो स्वरले भुक्ने कुकुरको काम हो । कुकुर जनावर भए पनि हिमाली भेगमा रहेका भेडाबाख्रा, गाईभैसीँका गोठहरुमा भने कुकुरको भूमिका जनावरको नभई एक प्रतिबद्ध रक्षकको रूपमा देखिन्छ । एकान्त, बस्तीदेखि धेरै टाढा र घना जङ्गलमा बस्ने सबैजसो गोठालाहरुले साथी र प्रतिबद्ध रक्षकको रूपमा कुकुर पालन गर्ने गरेको पाइएको मल्कबाङका युवा अमर छन्त्यालले बताउनुभयो ।
पछिल्लो समय शहरी क्षेत्रमा सोखका लागि कुकुर पाल्ने क्रम बढिरहेको सन्दर्भमा दुर्गम र ग्रामीण बस्तीका भेडाबाख्रा र गाईभैँसी पालन गर्ने कृषकहरु भने कुकुरलाई आफ्नो अङ्गरक्षककै रूपमा पालन गर्ने गरेको पाइन्छ । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार पर्वअन्तर्गत शनिवार कुकुरको पूजा गरी कुकुर तिहार मनाइयो । हिन्दू मान्यताअनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको वाहनको रूपमा कुकुरलाई पूजा गरिन्छ । कुकुर मानिसको नजिकको साथीको रूपमा चिनिन्छ भने आज्ञाकारी र कर्तव्यपालक जनावरको रूपमा समेत लिने गरिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन