News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ज्योतिष-विज्ञान धर्म-सस्कृति प्रमुख समाचार

आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत

देश-विदेशमा कुन समयमा लगाउने ? (सूचीसहित)

पोखरा, ४ कार्तिक । नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज मुख्य दिन विजया दशमी मनाइँदै छ। आज घर-घरमा विधिपूर्वक पूजा-आराधना गरी राखिएको नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट रातो टीका, जमरा र शुभ आशीर्वाद ग्रहण गरिँदै छ।

रोजगारी, अध्ययन तथा पेसा–व्यवसायको सिलसिलामा घरबाहिर रहेका मानिसहरू पनि थातथलो फर्किने भएकाले दशैँलाई पारिवारिक पुनर्मिलनको खुसीयाली पर्वका रूपमा लिइन्छ। नेपालमा टीकाको साइत र विधिनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरिनेछ। देवी विसर्जनपछि उत्तम साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइत निर्धारण गरिएको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार साइतमै टीका लगाउन चाहनेहरूका लागि १०ः२६ बजेको समय तोकिए पनि विजया दशमीका दिनभरि नै जुनसुकै समयमा टीकाप्रसाद ग्रहण गर्न सकिन्छ। टीका लगाउँदा अपनाउनुपर्ने विधिःफर्किने दिशाः टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ। (दक्षिणतर्फ फर्किएर पितृकर्म मात्र गरिने भएकाले टीका थाप्दा दक्षिण फर्किनु हुँदैन)।

पूजा र अभिषेकः दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र मानिने भएकाले कलशको जल अभिषेक गरी, कुलदेवता तथा इष्टदेवतालाई सम्झेर जमरा काटिन्छ। सुरुवातः सुरुमा कुलदेवता÷पितृदेवतालाई टीका चढाएर, घरको मूल ढोकामा टीका लगाइन्छ। त्यसपछि गुरुपुरोहित तथा घरका जेठा-मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरिन्छ।

विदेशमा बसोबास गर्ने नेपालीका लागि कुन देशमा कति बजे?अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले स्थानीय सूर्योदयको समय र दशमी तिथिको आधारमा नेपालसहित विभिन्न देशहरूका लागि बडादशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

विभिन्न देशहरूमा तोकिएको उत्तम साइतको सूची यसप्रकार छः
१. अमेरिका तथा क्यानडा (२० अक्टोबर २०२६)
न्युयोर्क (अमेरिका): बिहान १०ः११ बजे
फ्र्याङ्कफर्ट, केन्टुकी (अमेरिका) : बिहान १०ः४७ बजे
ओवेन्सवोरो, केन्टुकी (अमेरिका): बिहान ११ः४५ बजे
टेक्सास (अमेरिका): बिहान १०ः२७ बजे
वासिङ्टन डि.सी. (अमेरिका): बिहान १०ः२१ बजे
क्यालिफोर्निया (अमेरिका): बिहान०९ः५१ बजे
टोरोन्टो (क्यानडा): बिहान १०ः४१ बजे
भ्यानकुभर (क्यानडा): बिहान १०ः५५ बजे

२. अस्ट्रेलिया र न्युजिल्यान्ड (२१ अक्टोबर २०२६)
सिड्नीः बिहान ०९ः२१ बजे
मेलबर्नः बिहान ०९ः३० बजे
ब्रिसबेनः बिहान ०८ः२५ बजे
एडिलेडः बिहान ०९ः१५ बजे
क्यान्बेराः बिहान ०९ः०७ बजे
तास्मानियाः बिहान ०८ः५५ बजे
पर्थः बिहान ०८ः५४ बजे
डार्भिनः बिहान ०९ः३१ बजे
वेलिङ्टन (न्युजिल्यान्ड): बिहान ०९ः२३ बजे

३. युरोप तथा मध्यपूर्व (२० र २१ अक्टोबर २०२६)
लन्डन (बेलायत): २० अक्टोबर – बिहान १०ः५५ बजे
पेरिस (फ्रान्स): २० अक्टोबर – बिहान ११ः३१ बजे
लिसबन (पोर्चुगल): २० अक्टोबर – बिहान ०९ः४१ बजे
ओस्लो (नर्वे): २० अक्टोबर – बिहान ११ः५० बजे
जेनेभा (स्विट्जरल्यान्ड): २० अक्टोबर – बिहान १०ः३१ बजे
तेल अभिभ (इजरायल): २० अक्टोबर – बिहान ११ः१३ बजे
अबुधाबी (युएई): २१ अक्टोबर – बिहान १०ः३१ बजे
दोहा (कतार): २१ अक्टोबर – बिहान ०९ः४१ बजे
साउदी अरेबियाः २१ अक्टोबर – बिहान १०ः०१ बजे

४. एसियाली मुलुकहरू (२१ अक्टोबर २०२६)
देहली (भारत): बिहान ०९ः११ बजे
थिम्पु (भुटान): बिहान १०ः१४ बजे
टोकियो (जापान): बिहान १०ः१७ बजे
सियोल (दक्षिण कोरिया): बिहान ११ः१३ बजे
क्वालालम्पुर (मलेसिया): बिहान १०ः४७ बजे
सिंगापुरः बिहान १०ः३१ बजे
हङकङः बिहान १०ः२७ बजे
बैङ्कक (थाईल्यान्ड) : बिहान १०ः०७ बजे
याङ्गुन (म्यानमार) : बिहान ०९ः५७ बजे

साइत गुज्रिए पनि दुविधा नपालौँयदि कसैलाई यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था छ वा कार्यव्यस्तताले तोकिएको साइतमा टीका लगाउन नसकिएमा कुनै दुविधा पाल्नु नपर्ने शास्त्रविद्हरू बताउँछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार झुल्के घामपछि नै देवीको विधिपूर्वक पूजा सिद्ध हुने भएकाले दिनभरि नै आफ्ना मान्यजनबाट टीका–प्रसाद ग्रहण गर्न सकिनेछ। नेपालका कतिपय क्षेत्रमा विजया दशमीका दिन मात्र र कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा रहेको छ।