
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
बेनी, २३ कार्तिक । बेनी–म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व पहिचान गराएको हो।
पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवर्द्धन गर्ने उद्धेश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए। त्यसैगरि दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल हुँदै घोडेपानी भएर उल्लेरीको उकालोसम्म हिँडेका थिए।
काव्य यात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अनुपम रोशी, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम पौडेल, तारानाथ पहारी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार, सुरेन्द्र राना मगर र चामबहादुर पुनसहित १८ जना सहभागी थिए।
बेनी बजारमा युवा उद्यमी राजेश शाक्य, बेलबहादुर कटुवाललगायत स्थानीयले स्वागत गरेका थिए। त्यसैगरि बाँसखर्क र करबाकेली थानमा पनि गाउँलेले भव्य स्वागत गरेका थिए। करबाकेली थानमा पुगेको भोलिपल्ट बिहान काव्ययात्रीले करबाकेली क्षेत्रको सामाजिक विकास अभियानबारे अभियन्ता चामबहादुर पुन र रवी गर्बुजा पुनबाट जानकारी पाएका थिए।
उक्त कार्यक्रममा काव्ययात्रीले आ-आफ्ना रचना र यात्रा अनुभूति सुनाएका थिए। त्यस्तै गाउँको पुन समुदायले परम्परागत पुर्ख्यौली नाच नाचेर पदयात्रीलाई मनोरञ्जन गराए।
‘हाम्रो काव्ययात्रा धेरै उपलब्धीमुलक बन्यो’, काव्ययात्राका संयोजक एव्म सामाजिक अभियन्ता चामबहादुर पुन भन्छन्, ‘मुलुकका स्थापित व्यक्तित्वले करबाकेलीलाई नजिकबाट बुझाउन पाउँदा हामी खुसी छौं।’
बेलायती सेनाका रिटायर्ड लाहुरे यिनै चामबहादुरको अगुवाईमा करबाकेली क्षेत्रको कायाकल्प भएको छ। काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय संग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ। त्यसैगरि पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्रान्डिङ गर्ने अगुवा पनि चामबहादुर नै हुन्।
उनीहरू कात्तिक १९ गते काठमाडौंबाट गाडीमा बेनी बजार पुगेका थिए भने कात्तिक २३ गते पोखराबाट गाडीमै काठमाडौं फर्केका छन्। उनीहरुले बीचमा तीन दिन पदयात्रा गरेका हुन्। यसरी ५ दिने काव्ययात्रा पुरा भएको छ।
यात्राका संयोजक चामबहादुर पुनकाअनुसार पदयात्रीले अब विभिन्न मिडियामा लेख्ने यात्रा अनुभूतिहरू समेटेर एउटा पुस्तक प्रकाशन गरिनेछ। त्यसैगरि यात्रालाई समेटेर एउटा वृतचित्र पनि बनाइनेछ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त