
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ । सरकारले नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन र बिक्री वितरणको अनुगमन गरी नियमविपरित पाइएमा कारवाही गर्ने भएको छ ।
गृह मन्त्रालयमा आज बसेको समन्वयात्मक बैठकले क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगमा समेत अनुगमन गरी मापदण्ड विपरित सञ्चालन भए कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित ती मन्त्रालयका सचिव एवं शहरी विकास मन्त्रालय र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवको सहभागिता थियो ।
बैठकले नदीजन्य पदार्थमा आधारित उद्योग तथा स्थानीय तहबाट ठेक्का लगाइएका नदीजन्य पदार्थको उत्खनन् सङ्कलन र बिक्री वितरणको प्रभावकारी रुपमा अनुगमन गरी मापदण्ड विपरित सञ्चालन भएकालाई कारवाही गर्न निर्देशन दिएको छ । यस्तै विना दर्ता सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत, नापी कार्यालयका प्रमुख तथा इन्जिनियरको संलग्नतामा नियमित अनुगमन गर्न भनिएको छ ।
क्रसर उद्योग विधिपूर्वक दर्ता भए/नभएको, मापदण्ड र उद्देश्य अनुसार सञ्चालन भए/नभएको तथा राजस्व बुझाएको/नबुझाएको विषयमा विवरण सङ्कलन गरी सात दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।
राष्ट्रिय गौरवका आयोजना तथा अन्य आयोजनाबाट स्वीकृत लिई क्रसर उद्योग सञ्चालन भएको भए उक्त विवरणसमेत पठाउन भनिएको छ । बैठकले मन्त्रिपरिषदबाट स्वीकृत भई हाल कार्यान्वयनमा रहेको ‘नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन र विक्री वितरण तथा क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग सम्बन्धि मापदण्ड २०७७’ मा भएका कतिपय व्यवस्था कार्यान्वयनमा कठिनाइ देखिएकाले परिमार्जन गर्ने निर्णय पनि गरेको छ । त्
उक्त मापदण्डलाई समयसापेक्ष बनाउन आवश्यक समन्वय गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र परिमार्जन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई