
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याउनुभएको योगदानका विविध पक्षको स्मरण गर्दै चर्चा गरिएको छ । मोर्डन कन्या मल्टिपल कलेज, भीमसेन गोला, बानेश्वरले आज आयोजना भानुजयन्ती कार्यक्रममा इतिहासविद्, साहित्यकार, प्राध्यापक र छात्राहरूले भानुले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानबारे कविता र मुक्तकमार्फत उजागर गर्दै उनलाई प्रेरणा दिने घाँसीको समेत स्मरण गरे ।
सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले भानु आफूले आर्जेको ज्ञानलाई रचनामार्फत उजागर गरेकै कारण आज संसारका कुनाकाप्चामा पुग्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भानुको योगदानलाई औपचारिक रूपमा चिनाउने काम दार्जिलिङबाट भएकामा त्यसको धेरैपछि मात्र नेपालमा जयन्ती मनाउन सुरु गरिएको हो ।”
उहाँहरूले विदेशमा भानुका धेरै सालिक र स्मारक भए पनि यहाँ भएका भने तोडफोड गरिएकामा दुखेसो पोख्नुभयो । सालिक नष्ट गरिए पनि अझै जनकपुरलगायत कतिपय स्थान विशेषको नाम भानुचोकबाट परिचित छ । पृथ्वीनारायण शाहको टुक्राटुक्रामा विभाजित नेपाललाई एकीकरण गर्ने अभियानलाई भानुभक्तले भाषा र साहित्यका माध्यमबाट पूर्णता दिनुभएको थियो । नेपालीजनले रुचाइएका शब्द र लय टिपेर लेखिएको ‘रामायण’ले नेपालीलाई भाषागत रूपमा एकीकरण गर्न सफल भएकोे हो ।
इतिहासविद् प्रा दिनेशराज पन्तले ससाना राज्यमध्ये सबैभन्दा कमजोर गोरखाका राजा पृथ्वीनारायणले राज्यविस्तार गरी भौगोलिक एकीकरणको भाव दिएजस्तै भानुकै योगदानका कारण अहिले विश्वका एक सय ९० भन्दा बढी मुलुकमा नेपाली भाषा पनि पुगेकामा गौरव प्रकट गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तले नेपाली जाति विश्वका जुन कुनामा पुगेका छन् त्यहाँ भानुभक्त पनि पुग्छन् भन्ने मान्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तलबार र कलमको तागतमध्ये कुन बलियो भन्ने उत्तर ‘रामायण’ले दिएको छ, तलबारको शक्ति खुम्चिएको छ भने भानुले आर्जेको कलमको तागत फैलँदो छ ।” साहित्यकार जय छाङ्छाले भानुले नैतिक र नीति शिक्षाका लागि ठूलो प्रेरणा प्रदान गरेको जनाउँदै उहाँ स्वदेशमा भन्दा विदेशमा लोकप्रिय र पूजनीय रहेको विचार राख्नुभयो ।
कलेजका अध्यक्ष प्रा डा रामप्रसाद दाहालले ‘भानुभक्तको रामायण’ रचना नभएको भए नेपाली साहित्य आजको जस्तो परिष्कृत र विकास नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बयालिस वर्षदेखि मैले निरन्तर रूपमा भानुजयन्ती कार्यक्रम गर्दैआएको छु, उनको ‘रामायण’ थिएन भने नेपाली साहित्य अहिलेको अवस्थामा हुन्थेन, भानुको योगदानलाई राज्यले कदर गर्नुपर्छ, त्यसमा अझै कमजोरी छ ।’
कलेजका प्राचार्य सविन पोखरेलले भानुभक्तको भाषा, साहित्य र शब्द चयनले उहाँ चिरपर्यन्त झन् झन् अमरत्व प्राप्त गरिरहेको बताउनुभयो ।
सो अवसरमा सहभागी वक्ताले भानुजयन्ती राष्ट्रियता जगाउने कविता महोत्सवका रुपमा रहेको चर्चा गर्दै विदेशमा स्थापित सालिक, स्मारक र आयोजना हुने कार्यक्रमले उहाँ स्वदेशजत्तिकै विदेशमा पूजनीय र स्थापित रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा आदिकविका तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरियो । सो अवसरमा कलेजका छात्रा शर्मिला कार्की, गङ्गा केसीलगायतले भानुको काव्य सोच, अहिले मुलुकमा बिथोलिएको राजनीतिक घटना र कतिपय नेतामा देखिएको नैतिकताका खडेरी सम्बन्धमा व्यङ्ग्यात्मक रचना प्रस्तुत गर्नुभयो भने मुक्तक समाजका अध्यक्ष रामकाजी कोनेले भानु र मायाप्रीतिसँग सम्बन्धित मुक्तक वाचन गर्नुभएको थियो । रासस
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल