
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
वाशिङ्टन डिसी, १० असार । रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउँनु भएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले अमेरिका ‘निकटको समन्वयमा रहने बताउँनु भएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री ब्लिन्केनले क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र युनाइटेडका विदेशमन्त्रीहरूसँग यस विषयमा कुरा गर्नु भएको पुष्टि गर्नु भएको छ ।
“मन्त्री ब्लिन्केनले युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले गर्दै आएको समर्थन परिवर्तन नहुने कुरा समेत दोहोर्या्उनु भएको छ । नयाँ घटनाक्रम विकसित हुँदै जाँदा संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा रहनेछ,” विज्ञप्तिमा भनिएको छ ।
वाग्नर लडाकु प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राम पोस्टमा विद्रोहको घोषणा गरेपछि अमेरिकाको यो टिप्पणी सार्वजनिक भएको हो । लडाकु प्रमुखले लडाकुहरू युक्रेनबाट रूसी सेनाको विरूद्ध दक्षिणी रूसतर्फ सीमा पार गर्दै अगाडि बढेको बताएका थिए । यसै बीच उनले आफ्ना लडाकुले आफ्नो बाटोमा अवरोध गर्ने जो कोहीलाई नष्ट गर्ने घोषणा पनि गरेका थिए । उनले भनेका छन् – “हामी अगाडि बढिरहेका छौं र अन्त्यसम्म बढ्नेछौं।”
वाग्नर लडाकुहरू रुसको रोस्तोभ शहर प्रवेश गरिरहेको बताइएको छ ।
उनले चेकपोइन्टहरूमा कुनै प्रतिरोध नभएको र आफ्ना लडाकुहरू “बालबालिका विरुद्ध” भने नलडेको पनि दाबी गरेका छन् ।
प्रिगोजिनको सो अभिव्यक्तिपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै वाग्नर समूहको “सशस्त्र विद्रोह” “पिठमा छुरा धस्ने देशद्रोहको बाटो” भएको टिप्पणी गर्नु भएको छ । उहाँले रुसी सेनाका विरुद्ध सशस्त्र विद्रोह गर्ने देशद्रोहीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
यता प्रिगोजिनले भने रुसी राष्ट्रपतिले “गम्भीर गल्ती” गरेको भन्दै विद्रोही समूह देशभक्त रहेको दाबी गरेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।
आफ्नो प्रेस सेवाद्वारा शनिबार पोस्ट गरिएको अडियो सन्देशमा प्रिगोजिनले भनेका छन् -“मातृभूमिप्रति विश्वासघात गर्दै राष्ट्रपतिले गम्भीर गल्ती गर्नु भएको छ ।”
देशलाई “भ्रष्टाचार, छलछाम र नोकरशाही” को देश भनेर सम्बोधन गर्दै उनले विद्रोही समूहले लडाइँ जारी राख्ने बताएका छन् । विद्रोही कमाण्डरले भनेका छन्-‘हामी हाम्रो मातृभूमिका देशभक्त हौं, हामी लड्दै आएका छौं र लडिरहने छौं । हामी राष्ट्रपति, सेना वा अरू कसैको अनुरोध स्वीकार गर्दैनौं किनभने देश भ्रष्टाचार, छलछाम र कसैको तजबिजको दलदलमा फसिरहन दिदैनौं ।रासस/एएनआई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन