
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
जानकी, २९ जेठ । बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्नुहुन्छ । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूल पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताउनुभयो ।
सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उहाँको भनाइ छ । “यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन । म शारीरिक रुपमा पूर्ण रुपले स्वस्थ छु”, उहाँले भन्नुभयो, “नरसिङ्गा अरु बाजा बजाए जस्तो होइन । यसलाई सासले बजाउनुपर्छ ।”
वलीले आफूसँगै समूहमा आवद्धभएका अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताउनुभयो । “यो त सीप हो । सीपलाई हस्तान्तरण गर्नुपर्छ । गरिएन भने लोपहुँदै जान्छ”, उहाँले भन्नुभयो, “अबको दुई÷चार वर्षपछि मैले नरसिङ्गा बजाउन सक्दिन । नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन् । नरसिङ्गा लोप नहोस् भन्नका लागि मैले अरुलाई पनि सिकाउने गरेको छु ।”
अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको वलीको भनाइ छ । सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उहाँले बताउनुभयो ।
संस्कृति संरक्षण समूहअन्तगर्तको पञ्चेबाजा उप–समूहमा आवद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बाजा बजाउनुहुन्छ । सानैबाट नाच्ने गाउने रुची भएकाले आफु समूहमा आवद्ध भएको उहाँले बताउनुभयो । घाँटीमा झुण्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताउनुभयो । “काम त सजिलो कुन चै छ र ? १० किलोको पञ्चेबाजालाई घाँटीमा झुण्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो”, उहाँले भन्नुभयो, “महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि दशदश किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ ।”
खत्री अहिले ४३ वर्ष पुग्नुभयो । परिवारको साथ र सहयोग पाएर नै आफु पञ्चेबाजा बजाउन गाउँगाउँ जान पाउने उहाँले बताउनुभयो । पैसाभन्दा पहिचान महत्वपूर्ण भएकाले आफुले जानेको काम गर्न पाउँदा खुसी लाग्ने खत्रीको भनाइ छ । “पैसा कमाउनका लागि हामीले पञ्चेबाजा बजाएका होइनौँ । हाम्रो लागि पहिचान ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “पैसा खासै कमाइ नभए पनि गाउँमा हामीलाई पञ्चेबाजा बजाउन आउनुस् भनेर बोलाउँदा निकै खुसी लाग्छ ।” आत्मसम्मानले नै महिलालाई बलियो बनाउने खत्रीको बसझाइ छ । कुनैपनि काम गर्न महिलालाई उमेरले नछेक्ने बताउँदै उहाँले कुनै पनि काम गर्न ईच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।
सोही समूहमा आवद्ध भीमा विष्ट ५४ वर्षकी हुनुहुन्छ । उहाँले अगुवा बाजा र सानो बाजा बजाउनुहुन्छ । संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोंचले अगुवा र सानो बाजा बजाउन थालेको उहाँले बताउनुभयो । “म सानैबाट केही फरक गर्नुपर्छ भन्ने सोच्थे । जब मलाई अगुवा र सानो बाजा बजाउने जिम्मा समूहले दियो यो मेरो लागि नयाँ भयो”, उहाँले भन्नुभयो, “एउटै काम गर्न भन्दा नयाँ–नयाँ काम गर्दा नयाँ कुरा सिक्ने मौका पाइन्छ र अनुभव पनि धेरै हुन्छ ।”
विसं २०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा रू १० हजार मात्र कमाएको विष्टले बताउनुभयो । समूहको तर्फबाट पहिलो पटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो ।
भ–ूपरिधि कार्यक्रम (ताल) ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको सांस्कृति संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आवद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्कि (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङ्गा र नेपाली पोसाक छन् ।
बिहे, पूजा, उद्घाटन समारोहलगायत ठाउँमा गएर बाजा बजाउँदा महिलाले नेपाली पोसाक लगाउने गरेका अध्यक्ष विष्टले बताउनुभयो । रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८ ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पूर्खाले पहाडमा जोगाइ राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगउने उद्देश्यले पञ्चेबाजा समूह गठन गरेको उहाँको भनाइ छ । उहाँका अनुुसार सो समूूहको कोषमा अहिले रू ६५ हजार जम्मा भएको छ । समूह गठन भएदेखि उक्त समूहले रू एक लाख ३२ हजार कमाएको थियो ।
बाजा बजाउन पञ्चेबाजा समूहका महिला बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यानहुुँदै रुकुमसम्म पुग्ने गरेका अध्यक्ष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार समूूहमा ३० देखि ६५ वर्षसम्मका महिला आवद्ध छन् । रासस
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा