News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धर्म-सस्कृति समाचार

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

गोरखा, २५ वैशाख। पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ ।

ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिका गोरखाको प्रवद्र्धनमा सिरानचोक –३, स्थित चित्रेपोखरीमा भएको प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा उपाधि जित्न सफल समूहलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । त्यस्तै दोस्रो हुन सफल समूहलाई नगद रु ६० हजार र तेस्रो हुन सफल समूहलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि रु १५/१५ हजार पुरस्कार प्रदान गरिएको उहाँको भनाइ छ ।

त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन् । उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०/१० हजार पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरी १८ समूहले प्रतिस्पर्धा गरेका थिए ।

डनन्यूज ट्रेन्डिङ