
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
गोरखा, २५ वैशाख। पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ ।
ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिनुभयो ।
पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिका गोरखाको प्रवद्र्धनमा सिरानचोक –३, स्थित चित्रेपोखरीमा भएको प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि जित्न सफल समूहलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । त्यस्तै दोस्रो हुन सफल समूहलाई नगद रु ६० हजार र तेस्रो हुन सफल समूहलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि रु १५/१५ हजार पुरस्कार प्रदान गरिएको उहाँको भनाइ छ ।
त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन् । उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०/१० हजार पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरी १८ समूहले प्रतिस्पर्धा गरेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन