
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
गलकोट । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् । कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको छ ।
कोरोना त्रासले गत वर्षको चैतदेखि सिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको झारल र नाउरको सिकार हुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेकोमा कोरोनाले गर्दा एउटा कम्पनीले मात्रै आवेदन दिएको छ ।
विभागले अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । सिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार गर्न उक्त कम्पनीलाई अनुमति दिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।
“गत वर्षको दोस्रो सिजनमा कोरोनाले गर्दा १० नाउर र पाँच झारलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो”, कँडेलले भन्नुभयो, “यस अघि अनुमति लिए पनि बन्दाबन्दीले सिकार भएन ।” कँडेलका अनुसार कोरोनाले विदेशी सिकारीले बुझाउने राजश्व शून्य जस्तै भएको बताउनुभयो ।
नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो हप्ता ढोरपाटन आउने छन् । विदेशी सिकारीले नाउरको लागि रु.एक लाख ६० हजार र झारलको लागि रु. ९० हजार मात्रै राजश्व बुझाउनुभएको छ । प्रतिस्पर्धा नहुँदा नाउर र झारलको सिकार मुल्य निकै घटेर गएको छ । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन् । आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।
कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारी आउने गरेका थिए । कोरोनाले यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् । आरक्षमा असोज–मंसिर पहिलो र फागुन– वैशाख दोस्रो याममा सिकार हुने गरेको छ । बागलुङ, रुकुम र म्याग्दीका केही भागमा यो आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । यसको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्म समेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।