
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
काजी गाउँले
देख्ना साथ आफ्नै झैं लाग्ने,अनि अरुलाई पनि आफ्नै ठान्ने,अत्यन्त मिलनसार सहयोगी ,सबैको भलो चिताउने मलाई मन पर्ने मध्यका सरल मान्छे हुन् सुरज । बालकवि ,कवि,गितकार,साहित्यकार भन्दा अगाडि मैले परिचय पाएको ब्यक्ती हुन कम्पनिको सेल्समेन सुरज ।यहि नै म सङ्गको पहिलो असली परिचय थियो,करिव १५ बर्ष अगाडिको ।
एकदिन एउटै कार्यक्रममा परियो, न त मलाई उनले अर्को रुपमा चिन्थे,न त मैले नै थाहा पाएको थिएँ ,उनी प्रतिभावान मानिस हुन भनेर ।मलाई उनले एक ब्यवसायी भनेर चिन्थे, मैले पनि उनलाई मार्केटिङ गर्ने ब्यक्ती मात्र भनेर चिन्ने गर्थें।यहि दिनबाट यति घनिष्ठता हामी माझ झाङ्गियो एकले अर्कालाई अर्को रुपमा चिनेको दिनदेखी । उनका कर्मका थुप्रै रहस्यहरु छन् ।जुन रहस्यहरु खुल्न बाकी नै छन् ।उनले खुलाउन चाहदैनन् ।अहिले पनि उनलाई भेट्दा आत्मिक आनन्दको महसुस हुन्छ । उनका साथीहरू पनि अनौठो अनौठाका छन् । सडक बालक , सुकुम्बासी बस्तीका बच्चा देखि बहालवाला मन्त्री सम्म पनि आत्मीय साथीहरू छन् ।सबै सँग यौटै शैलीमा बोल्छन् उनी । विचारमा भयंकर प्रगतिशील तर व्यबहारमा कता कता अध्यात्म मिसिएको भान हुन्छ । सिरानीमा चे ग्वेभाराको फोटो राखेर सुत्ने सुरज सन्त कविरबाट अत्यन्तै प्रभावित छन् ।
धेरै पछि मात्र थाहा भयो फेदीखोला ,आरुखर्क, स्याङ्जामा जन्मे हुर्केर बिद्यार्थी कालदेखी नै साहित्यमा कलम चलाउने एक कुशल सर्जक भनेर। अत्यन्त सरल शब्द उनेर जनताका पिर ब्यथा केलाउने ,मन छुने शब्द रचना तयार गर्ने कवि एवम गीतकार सुरजले आफ्ना साहित्यिक ३ कोशेली आम श्रोता दर्शक माझ पुर्याइसकेका छन।
चिल उड्यो आकासमा,साइकल जस्ता २ बाल कविता सङ्ग्रहले समयको छाल सङ्गै अघि बढिरहेको आधुनिक परिवेश ,आधुनिक पश्चिमा संस्कृतीले गाँजेका समाजका बालबालिकाका जीवनशैलीलाई चेतनाका माधयमबाट आफ्नो पनमा फर्काउने केही हद सम्म भुमिका खेलेको छ।बजारमा फिजाइएका कैयौं बाल कविताहरु केबल मनोरञ्जनका लागि मात्र भेट्टाइन्छ्न।सुरजका कविताहरुमा बिबिध बिषयहरु समेटेर बाल मानसिकतामा बिचार मार्फत चेतना भर्दै बालबालिका भुलाउन मद्धत गर्ने शसक्त कबिता बनेको छ साइकल कृति ।
बालबालिकाहरु सङ्ग खेल्दै,रमाउदै उनिहरुकै मनोभावना अनुसार गीत कबिता लेख्छन सुरज ।उनको तेस्रो कृति साइकल डाडाकाडा,गाउँ बस्ती,शहर बजार जताततै पुगेर बालबालिका सहित अभिभाबकहरुको समेत अन्जान दिमागमा चेतना भर्ने काम गर्ने छ,सदा सर्वदा गुडिरहने छ ।
“स्कुलमा हुदा पनि घरमा हुदा पनि
जोगिनु छ हामी सबै जहाँ हुदा पनि
हारगुहार त गरेकै हो हाम्ले रोइ रोइ
निर्मलाको हत्यारा भन सरकार खोइ ?”
नाबालिकाहरु लाई हिंस्रक बन्यजन्तुबाट भन्दा आफ्नै भन्ने मान्छेहरुबाट असुरक्षित भएकोअबस्थाको चित्रण,देखावटी माया देखाएर बालबालिकाहरुलाई चकलेटको प्रलोभनमा पारेर ललाइफकाई फसाइदिने ,नेपाली जनता सारा निर्मलाको हत्यारा खोज्न लागे तर सरकार बेवास्ता गर्दै हत्यारा खोज्नुको साटो हत्यारा लुकाउन अनेकौं प्रपन्च रच्छ भन्ने उदाहरण सहित आफैं सुरक्षित रहन डर कबिता मार्फत आग्रह गरेका छन।
धेरै उर्जाशिल नेपालीहरु आफ्नो सुन्दर हिमालको देश छाडेर खाडी भासिएका,घरमा आमा सहित साना दाजु,दिदिहरु डिजिटल दुनियामा भुलिरहेका र स्कुल जाने समय समेत मोबाइलमै भुलेर बिर्सेका तितो सत्य उजागर गरेका छन।
अहिले अधिकांश गाउँका मानिसहरु बालबच्चा पढाउने बहानामा शहर पसेका छन,शहरको कोलाहल वातावरण भन्दा गाउँघर सफासुग्घर,घर कुर्ने हजुरबुबा को हातको आँटो पिठो मीठो,घरमै फल्ने फलफुल तरकारी,मुल फुट्ने टारी खेत,मीठो दूध दिने भैंसी ,जता हेर्यो हरियाली डाडाकाडा भएको गाउँ नै रमाइलो भनेर गाउँको दुरुस्त चित्रण गरेका छन।
विश्व नै हल्लाउने कोरोना हाम्रो देशमा पनि आयो,सरकारले मोबाइलमा सन्देश दियो,कोरोना भगाउन चक्का जाम गर्यो,नानीबाबू हो घर भित्र बस। ठुला भनिएका देशहरुमा ठूलो क्षती भएको छ,यो रोगको औषधि अहिले सम्म थाहा छैन ,बनेको पनि छैन भन्दै नानिबाबुहरुलाई सचेत गराएका छन।
बिशेषत चराचुरुङ्गी,पशुपंक्षीहरु सङ्ग बालबालिकाहरु नजिक हुन मन पराउछन,आमासँग झगडा गरेर होस वा आफू नखाइ नखाइ उनिहरुलाई खुवाउन मन पराउछ्न भन्ने बालमनोबीज्ञान बुझेर कबिता तयार गरेका छन।
मामाघर,मामा माइजू बच्चाहरुका लागि असाध्य प्यारो हुन्छ,मामा माइजुलाई देखिरहन मन पराउछन,कुरा गरिरहन्छन मामामाइजुको भन्ने कुरामा कबिले राम्रो बुझेर हेलो मामा शिर्षकमा बेजोड कबिता प्रस्तुत गरेका छन।
युद्धकालिन अबस्थामा मुक्तिका खातिर आफू सहित आफ्ना छोरालाई समेत बन्दुक बोकाएर राजतन्त्रको अन्त्य गराई गणतन्त्र ल्याउदा एउटा राजा फालेर सैयौं राजाहरु जन्मिएको र देश झन बरबादिको दिशा तर्फ उन्मुख भएको तितो यथार्थ ओकलेका छन।
स्कुल जान नरुचाउने,स्कुल जान पर्दा रुने ,अनेक बहाना बनाइ घर बस्न खोज्ने बच्चाहरुलाई पनि स्कुल कसरी अरु साना साथिहरु जादारहेछन भनेर कबिता सुनिसके पछि जाउँजाउँ झैं बनाइदिने कबिता समेत कबिले कोर्न भ्याएका छन।
सबैका घर शहरमा हुदैनन ।डेरामा बस्नेहरु केही न केही काम गरेर बसेकै हुन्छन।डेरामा बस्नेहरुलाई घरबेटिहरुले केही नभएर आफ्नो घरमा डेरा बस्न आएको हो भन्ने सोचेर दुर्व्यवहार गर्दाको सजिव तस्वीर उत्रीएको छ।हेलामा बस्नु हुन्न,हामी सचेत भएर जाग्यौं भने निच व्यवहार गर्नेहरु फेलामा पर्नेछन भनेर साना बाल मस्तिस्कमा चेतना भर्ने काम हामी बस्छौं डेरामा भन्ने कबिताले बोलेको छ।
प्राय बाुहरु जाडरक्सीको कुलतमा फसेका हुन्छ्न,नसामा चुर्लुम्म डुबेर घर फर्केपछी आमाहरुलाई हिंसा गर्ने,कुट्ने पिट्ने गर्दछन।नाबालक छोराछोरिहरु बा ले कुटेको,थर्काएको टुलुटुलु हेरेर बस्नुको बिकल्प हुदैन, तर मनमा आफू ठूलो भए पछि यस्तो हिंसाबाट आफ्ना आमलाइ जोगाउने प्रण गरेका हुन्छन,बाल मानसिकतामा यसले पार्ने प्रभाबका बारे भट्टी भट्टि धाएर बोलको कविताले उजागर गरेको छ।
पाले दाइका कहानीहरुले रोचकता भरिदिएको छ। पालेदाइले घन्टी नबजाइदिए सम्म बाहिर निस्कन,घर जान नपाइने,उनको स्कुलप्रतिको लगाब गुरुहरुको भन्दा धेरै देख्छन स्कुलका नानिहरुले,पालेदाइले सबै नानिबाबुहरुलाई आफ्नै सम्झेर माया गर्छन,उनिहरुले पनि उत्तिकै माया गर्ने गरेको यथार्थ कहानी बोकेका कबिताले हामीलाई पनि बाल्यकाल तिर फर्काइदिन्छ।
दशैं आउदा सबै भन्दा बढी केटाकेटिलाई नै रमाइलो हुने गर्दछ।राम्रो लगाउन पाइने,मीठो खान पाइने,पिङ खेल्न पाइने भएको हुनाले पनि बच्चाहरुलाई बेस्सरी रमाइलो लाग्छ।दशैं कहिले आउला भनेर आफ्नो मनमा थुप्रै कुराहरु खेलिरहेको अबस्थालाई दशैं आउन कबिताले बोलेको छ।
कवि उपाध्याय साना बालबच्चाहरु सङ्ग खुब रमाउन खोज्छन। उनको यहि बानिका कारण बच्चाहरु पनि उनलाई देखे पछि झ्यामिन्छन ।बालबच्चाहरुले बोलेका कुराहरु, खेलेका कुराहरुलाई अहिले “साइकल” पुस्तक मार्फत यी कवि तिनै सङ्ग रमाउदै तिनकै लागि कहिले गित लेख्दै,कहिले कबिता लेख्दै सर्बत्र छाएका छन।
साहित्य सिर्जना गर्दै,कहिले गजल,कविता,कहिले गीत,कहिले कथा कोर्दै साहित्यिक अभियान लिएर पिछडिएका बस्तिहरुमा,पिडाले पिल्सिएकाआवाजहरु साहित्य मार्फत ओकल्दै दिनदुखिहरुको जलिरहेको घाउमा मलम लगाउदै ,भबिष्यका सुन्दर रेखा कोर्ने यी कविका यस्तै विचारोत्तेजक कृतिहरु निरन्तर निरन्तर जन्मिरहुन, शुभकामना ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ