
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौं । बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार बन्दुकधारीहरुले १५४ जनाको शव गाडेका थिए । केही शव संकलन गरी सेनाले सामूहिक अन्त्येष्टि गरेको थियो ।
मोटरसाइकल चढेर आएका करीब ३ सय जना आक्रमणकारीले १० वटा गाउँमा आक्रमण गरेको बताइएको छ । आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ ।
नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरूलाई आतङ्कवादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन।