
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा करिब २४ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो एक दिनमा हालसम्मकै सर्वाधिक २३ लाख ६४ हजार ७६ जनामा संक्रमण पाइएको हो ।
अघिल्लो दिन साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो । बिहीबार अमेरिकामा मात्रै ५ लाख ४२ हजार, फ्रान्समा ३ लाख ३२ हजार, बेलायतमा एक लाख ९४ हजार, इटलीमा एक लाख ८९ हजार, स्पनेमा एक लाख ३७ हजार र अर्जेन्टिनामा ९५ हजार थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ । ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो।
दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा २० हजार ४५२ जना निको भएका छन् भने ६० जना संक्रमितको मृत्यु भएको छ ।
अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ । यससँगै कुल संक्रमितको संख्या २९ करोड ७९ लाख ५४ हजार ५० पुगेको छ । तीमध्ये २५ करोड ६७ लाख ४३ हजार जना निको भइसकेका छन् भने ५४ लाख ८१ हजार ३३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८५९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५६८, रुसमा ८२८, पोल्याण्डमा ६३२, जर्मनीमा ४३१, बेलायतमा ३४३, युक्रेनमा २७३ र फ्रान्समा ३४६ जना छन् ।