
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा करिब २४ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो एक दिनमा हालसम्मकै सर्वाधिक २३ लाख ६४ हजार ७६ जनामा संक्रमण पाइएको हो ।
अघिल्लो दिन साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो । बिहीबार अमेरिकामा मात्रै ५ लाख ४२ हजार, फ्रान्समा ३ लाख ३२ हजार, बेलायतमा एक लाख ९४ हजार, इटलीमा एक लाख ८९ हजार, स्पनेमा एक लाख ३७ हजार र अर्जेन्टिनामा ९५ हजार थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ । ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो।
दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा २० हजार ४५२ जना निको भएका छन् भने ६० जना संक्रमितको मृत्यु भएको छ ।
अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ । यससँगै कुल संक्रमितको संख्या २९ करोड ७९ लाख ५४ हजार ५० पुगेको छ । तीमध्ये २५ करोड ६७ लाख ४३ हजार जना निको भइसकेका छन् भने ५४ लाख ८१ हजार ३३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८५९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५६८, रुसमा ८२८, पोल्याण्डमा ६३२, जर्मनीमा ४३१, बेलायतमा ३४३, युक्रेनमा २७३ र फ्रान्समा ३४६ जना छन् ।