News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कैदिनमा करिब १२ लाख कोरोना संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् ।

थपिनेमा अमेरिकामा मात्रै करिब ३ लाख जनामा संक्रमण पुष्टि भएको छ । जहाँ २ लाख ९५ हजार ७०१ ज्नामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी फ्रान्समा एक लाख ७९ हजार, बेलायतमा एक लाख २९ हजार, स्पेनमा ९९ हजार, इटलीमा ७९ हजार संक्रमित पहिचान भएका हुन् ।

यही अवधिमा ६ लाख ५५ हजार १२ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३८१ जना संक्रमितको मृत्यु भएको छ।