
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । स्याङ्जाका सन्तोष पौडेल मोडलिङमार्फत कला क्षेत्रमा रमाइरहेका छन् । दोस्रो म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका पौडेल मोडलिङमै भविष्य बनाउने अभियानमा पनि छन् । उनको दोस्रो म्युजिक भिडियो चर्चित लोक तथा दोहोरी गायिका प्रिति आलेको शब्द र स्वरमा ‘नयाँ साथी’ हालै सार्वजनिक भएको छ ।
गायिका आलेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा सन्तोष जोडिएका हुन् । दुई वर्ष अघि प्रकाश न्यौपानेको शब्द, प्रिति आले र जय देवकोटाको तीज गीत ‘खरि झ¥यो कि’बाट उनले मोडलिङ करियर सुरु गरेका थिए ।
लोकपप शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोमा सन्तोषसँगै गायिका प्रिति आले, रञ्जन पाण्डे, विवेक क्षत्री, हरिप्रसाद रेग्मी, विक्रम गुरुङ, रवि श्रेष्ठ, प्रकाश अधिकारीलगायतले पनि अभिनय गरेका छन् । सानैदेखि गीत संगीतमा रुची राख्ने सन्तोषले पहिलो तीज गीतबाट भन्दा पनि हालै सार्वजनिक भएको ‘नयाँ साथी’बाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–३ शान्तिडाँडामा जन्मिएका सन्तोष हाल बैंकिङ क्षेत्रमा कार्यरत छन् । बैंकिङ क्षेत्रसँगै मोडलिङलाई पनि सँगसँगै लैजाने लक्ष्य राखेका उनी दर्शकहरूको सकारात्मक प्रतिक्रियाबाट निकै हौसिएका छन् । ‘सानैदेखि गीत संगीतमा रुची राख्थे ।
मेरो कामलाई सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । उहाँहरू सबैको प्रेरणाले निकै हौसला मिलेको छ’, उनी भन्छन्, ‘दर्शक स्रोताले माया गरिरहनु भएको छ । सानैदेखिको रुचीको क्षेत्र भएकाले मोडलिङलाई पनि निरन्तरता दिन्छु ।’ यस क्षेत्रमा निकै प्रतिस्पर्धा भए पनि आफ्नो मेहनतले सबैको मन जित्ने विश्वास उनको छ ।
उनले म्युजिक भिडियोसँगै प्रिति आलेको स्वर र शब्दमा लोकपप गीत निकै उत्कृष्ट रहेको बताए । विषेशगरी माया प्रेमको भाव समेटेर तयार पारिएको म्युजिक भिडियो प्राविधिक हिसाबले पनि उत्कृष्ट भएको दाबी सन्तोषले गरे । ‘यो गीत साँच्चै मन छुने खालको छ । गीतलाई स्रोता अनि दर्शकले पनि निकै रुचाउने विश्वास गरेको छु’, उनले भने ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै