News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनोरञ्जन समाचार

‘घुइँचो’मा एलिजा अनुबन्धित

काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम फिल्म ‘घुइँचो’मा अनुबन्धित भएकी छन् । डेब्यू फिल्म ‘अनुराग’ पछि उनले यो फिल्ममा अभिनयको सम्झौता गरेकी हुन् । ‘घुइँचो’ अघि ‘घिन्ताङ’मा अभिनयको सम्झौता गरे पनि अन्तिम समयमा आएर उनले हात झिकेकी थिइन् ।

क्यानडाबाट फर्किएको केही समयपछि एलिजा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुइँचो’मा पक्कापक्की भएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ । एलिजाले ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएकाले काम गर्न इच्छुक भएको खुलाइन् । निर्माता दैलेखीले अन्य कलाकार पनि चाँडै फाइनल हुने जानकारी दिए ।

प्रतिक्रिया