
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
नारायणपुर । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को सहज व्यवस्थापनका लागि पहिलो चरणमा गरेको परीक्षण सफल भएको हो । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरण सफल भएको जानकारी सहितको पत्र गढवा गाउँपालिकामा आएको वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिनुभयो । कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सैं घण्टा विद्युत् आपूर्तिका लागि हावाबाट विद्युत् उत्पादनको परीक्षणको काम सफल भएको सिद्दिकीले बताउनुभयो ।
हावाबाट विद्युत् उत्पादन भएमा कोइलावास नाकाका २५० घरधुरी लाभान्वित हुने उहाँको भनाइ छ । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण भएर परीक्षणका लागि ट्रान्समीटर पनि जडान भइसकेको छ । कोइलाबास नाका क्षेत्रमा विद्युत् सेवा भए पनि नियमित हुन नसक्दा स्थानीयले सास्ती पाउँदै आएकोमा अब हावाबाट विद्युत् उत्पादनको काम अघि बढेको अध्यक्ष सिद्दिकीले बताउनुभयो । विश्व बैंकको सहयोगमा हावाबाट बिजुली उत्पादन गर्ने काम शुरु भएको हो ।
त्यस्तै बङ्गलाचुली–२ पुरुङछेडामा गरिएको परीक्षण पनि सफल भएको छ । जिल्लाका दुई स्थानमा गरीएको परीक्षण पहिलो चरणमा सफल भएकोले स्थानीयवासी खुशी भएका छन् । गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भैरहेको थियो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको थियो । पहिलो परीक्षण सफल भएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिनुभयो । जिल्लाका ती दुवै स्थानमा ८० मिटर अग्लो टावर निर्माणगरी पङ्खा जडान गरिएको थियो । “टावरले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछौँ”, ईञ्जिनियर दुलालले भन्नुभयो । पहिलो वर्षको परीक्षण सफल भए पनि एक वर्षको परीक्षणले मात्रै नहुने भएकोले अर्को एक वर्ष पनि परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
“दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत् उत्पादन शुरु हुन्छ, पहिलो वर्ष सफल भएका छौँ, आशा गराँै अर्को वर्ष पनि सफल हुने छौँ”, उहाँले भन्नुभयो । इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रति सेकेण्ड हुनुपर्छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने छ । अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि देशका सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु