
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्लाका सात लघु तथा साना जलविद्युत् आयोजनालाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी र केन्द्रबीच हालै सम्झौता भएको हो ।
सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारी र नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी (एनइए इञ्जिनियरिङ्ग कम्पनी लिमिटेड)का तर्फबाट प्रवन्ध निर्देशक तथा प्राधिकरणका उपव्यवस्थापक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गर्नुभएको छ । ती मिनीग्रिड परियोजनाको इञ्जिनियरिङ्ग डिजाइनलगायत विस्तृत सम्भाव्यता अध्ययन कम्पनीले गर्नेछ । सोका लागि आर्थिक सहयोग केन्द्रले व्यहोर्नेछ ।
परियोजनाअन्तर्गत केन्द्रको अनुदान सहयोगमा सम्पन्न छ आयोजना तथा प्राधिकरणको सहयोगमा सम्पन्न एक गरी सात आयोजनालाई मिनीग्रिडमा जडान गरी सो मिनीग्रिडलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा रहेको २०० किवा क्षमताको घुघुजी साना जलविद्युत् आयोजना प्राधिकरणको सहयोगमा निर्माण भएको हो । तातोपानी गाउँपालिकाको २०० किवा क्षमताको गिरीखोला साना जलविद्युत् आयोजना, चन्दननाथ नगरपालिकाको १०० किवाको जुवानदी ठिन्केबाँध लघु जलविद्युत् आयोजना तथा पातारासी गाउँपालिकाका ४५ किवाको त्रिवेणी लघु जलविद्युत् आयोजना, ३१ किवाको लुम लघु जलविद्युत् आयोजना, ५० किवाको डिल्लीचौर लघु जलविद्युत् आयोजना र ९९८ किवाको चुकेनी खोला साना जलविद्युत् आयोजना केन्द्रको सहयोगमा निर्माण भएको हो । मिनीग्रिड आयोजनाको क्षमता १।६२४ मेगावाट छ ।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघु तथा साना जलविद्युत् आयोजनाको प्रभावकारी व्यवस्थापन र दिगोपनाका लागि आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने बताउनुभयो । केन्द्रले पहिलेदेखि नै यस कार्यलाई प्राथमिकतामा राखेको, हालसम्म देशका विभिन्न स्थानमा छ लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको र २४ लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडानका लागि अध्ययन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार विकास साझेदारहरुको सहयोगमा करोडौंको लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएका लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइन पुगेपछि बन्द हुने क्रमलाई रोक्न ती आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नाको विकल्प नरहेको उहाँको भनाइ छ ।
प्राधिकरणका उपव्यवस्थापक शाक्यले मिनीग्रिड निर्माणले प्राधिकरणको वितरण प्रणालीलाई अझ मजबुत बनाउने बताउँदै यसका लागि नेपाल सरकार र विभिन्न विकास साझेदारसँग छलफल भई उपयुक्त आर्थिक स्रोतको व्यवस्था गरी अझ बृहत्रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लघु तथा साना जलविद्युत्लाई राष्ट्रिय ग्रिड प्रणालीमा जोड्नका लागि आवश्यक गुरुयोजना तयार गर्न केन्द्र, प्राधिकरण र कम्पनीबीच त्रिपक्षीय समझदारी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
हाल देशभर रहेका झण्डै २००० लघु जलविद्युत् आयोजनामध्ये राष्ट्रिय प्रसारण लाइनमा जोड्न सम्भाव्य रहेका कूल आयोजनाको संख्या छिट्टै पहिचान गरिने बताइएको छ । आयोजना जडान गर्दा एकल आयोजनालाई सीधै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, निश्चित क्षेत्रमा रहेका एकभन्दा बढी आयोजनाको स्थानीय ग्रिड निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने वा स्थानीय ग्रिडलाई ‘अफग्रिड’ रुपमै सञ्चालन गर्न सकिने जस्ता विभिन्न विकल्पसहित अध्ययन गरिनेछ । रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो