
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्लाका सात लघु तथा साना जलविद्युत् आयोजनालाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी र केन्द्रबीच हालै सम्झौता भएको हो ।
सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारी र नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी (एनइए इञ्जिनियरिङ्ग कम्पनी लिमिटेड)का तर्फबाट प्रवन्ध निर्देशक तथा प्राधिकरणका उपव्यवस्थापक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गर्नुभएको छ । ती मिनीग्रिड परियोजनाको इञ्जिनियरिङ्ग डिजाइनलगायत विस्तृत सम्भाव्यता अध्ययन कम्पनीले गर्नेछ । सोका लागि आर्थिक सहयोग केन्द्रले व्यहोर्नेछ ।
परियोजनाअन्तर्गत केन्द्रको अनुदान सहयोगमा सम्पन्न छ आयोजना तथा प्राधिकरणको सहयोगमा सम्पन्न एक गरी सात आयोजनालाई मिनीग्रिडमा जडान गरी सो मिनीग्रिडलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा रहेको २०० किवा क्षमताको घुघुजी साना जलविद्युत् आयोजना प्राधिकरणको सहयोगमा निर्माण भएको हो । तातोपानी गाउँपालिकाको २०० किवा क्षमताको गिरीखोला साना जलविद्युत् आयोजना, चन्दननाथ नगरपालिकाको १०० किवाको जुवानदी ठिन्केबाँध लघु जलविद्युत् आयोजना तथा पातारासी गाउँपालिकाका ४५ किवाको त्रिवेणी लघु जलविद्युत् आयोजना, ३१ किवाको लुम लघु जलविद्युत् आयोजना, ५० किवाको डिल्लीचौर लघु जलविद्युत् आयोजना र ९९८ किवाको चुकेनी खोला साना जलविद्युत् आयोजना केन्द्रको सहयोगमा निर्माण भएको हो । मिनीग्रिड आयोजनाको क्षमता १।६२४ मेगावाट छ ।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघु तथा साना जलविद्युत् आयोजनाको प्रभावकारी व्यवस्थापन र दिगोपनाका लागि आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने बताउनुभयो । केन्द्रले पहिलेदेखि नै यस कार्यलाई प्राथमिकतामा राखेको, हालसम्म देशका विभिन्न स्थानमा छ लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको र २४ लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडानका लागि अध्ययन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार विकास साझेदारहरुको सहयोगमा करोडौंको लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएका लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइन पुगेपछि बन्द हुने क्रमलाई रोक्न ती आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नाको विकल्प नरहेको उहाँको भनाइ छ ।
प्राधिकरणका उपव्यवस्थापक शाक्यले मिनीग्रिड निर्माणले प्राधिकरणको वितरण प्रणालीलाई अझ मजबुत बनाउने बताउँदै यसका लागि नेपाल सरकार र विभिन्न विकास साझेदारसँग छलफल भई उपयुक्त आर्थिक स्रोतको व्यवस्था गरी अझ बृहत्रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लघु तथा साना जलविद्युत्लाई राष्ट्रिय ग्रिड प्रणालीमा जोड्नका लागि आवश्यक गुरुयोजना तयार गर्न केन्द्र, प्राधिकरण र कम्पनीबीच त्रिपक्षीय समझदारी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
हाल देशभर रहेका झण्डै २००० लघु जलविद्युत् आयोजनामध्ये राष्ट्रिय प्रसारण लाइनमा जोड्न सम्भाव्य रहेका कूल आयोजनाको संख्या छिट्टै पहिचान गरिने बताइएको छ । आयोजना जडान गर्दा एकल आयोजनालाई सीधै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, निश्चित क्षेत्रमा रहेका एकभन्दा बढी आयोजनाको स्थानीय ग्रिड निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने वा स्थानीय ग्रिडलाई ‘अफग्रिड’ रुपमै सञ्चालन गर्न सकिने जस्ता विभिन्न विकल्पसहित अध्ययन गरिनेछ । रासस
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर