News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

देशभर आंशिकदेखि सामान्य बदली, तीन प्रदेशमा वर्षा

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ  । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले छ । आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।