News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

‘ब्ल्याकमेल’ गरेर लाखौं असुल्न खोजेको आरोपमा पक्राउ परेका तीन महिला धरौटीमा छुटे

दाङ ।  घोराहीका एक पुरुषलाई ‘ब्ल्याकमेल’ गरेर लाखौं रकम असुल्न खोजेको आरोप खेपेका तीन महिला धरौटीमा रिहा भएका छन्।

दाङको देउखुरी अदालतले बुधबार घोराही उपमहानगर वडा नम्बर १५ की ३२ बर्षीया सीतादेवी थापालाई डेढ लाख,सोही ठाउँकी ३५ बर्षीया खुमा वलीलाई ८० हजार र ३२ बर्षीया सुष्मा परियारलाई ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको अदालतका निमित्ति सूचना अधिकारी प्रेमनारायण पराजुलीले सेतोपाटीलाई बताए।

‘हनी ट्रयाप’मा पारेर थापाले घोराहीकै एक पुरुषसँग ‘इमोशनल ब्ल्याकमेल’ गरेर एक लाख नगद र थप १७ लाखको चेकसमेत बुझिसकेका थिए। प्रहरीले पीडित भनिएका ती पुरुषको नाम भने गोप्य नै रोखेको छ।

प्रतिक्रिया