
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
सन् १९४६ मा ग्रिक लेखक निकोलस कजानजाकिसले एउटा उपन्यास लेखे ‘जोर्वा द ग्रिक’ । पछि सन् १९५८ मा र १९६४ मा हलिवुडमा सोही उपन्यासमा आधारित फिल्म बन्यो । त्यसले खुब चर्चा पनि बटुल्यो । सन् १९६४ मा उक्त समयका चर्चित कलाकार एन्थोनी क्वीन तथा एलेन बेट्सले अभिनय गरेको फिल्म हलिवुडको Cult Classics मध्ये एक मानिन्छ । उक्त फिल्मको अन्त्यमा फिल्मका दुई मुख्य पात्र जोर्वा र वासिलले गरेको नृत्य आजसम्म पनि सिनेमाका पारखीहरुको यादमा ताजै होला ।

रहस्यदर्शी सद्गुरु ओशो रजनीश
जोर्बा द ग्रिक (Zorba The Greek ) को कथा यस्तो छ । बासिल नामको एकजना ग्रीकमुलुको ब्रिटिश लेखक आफ्नो बाबुको मृत्यु पश्चात बन्द अवस्थामा रहेको खानदानी व्यवसायलाई पुनर्जीवित गर्न ग्रिसको क्रेट जाँदै हुन्छ । त्यहाँ बाटोमा उसले जोर्बा नाम गरेको एकजना उन्मुक्त र अचम्मको व्यक्तिलाई भेट्छ । जोर्बाले बासिलसँग आफूलाई काममा राख्न अनुरोध गर्छ । जोर्बा गरिब छ तर उसले जे काम गरेपनि पुरै तल्लिन हुन्छ । संगीत बजाउँछ, नाच्छ, खान्छ, पिउँछ, रमाउँछ र प्रेम गर्छ । अनि सबै प्रकारका उपलब्ध सांसारिक सुख पुरापुर भोग्छ र जीवनका हरेक उतार चढावमा पनि मस्ती मै रहन्छ ।बासिल धनि त छ । तर गरिव जोर्बाको जस्तो जीवन जीउने कला र पागलपन उसमा छैन । बिस्तारै–बिस्तारै जोर्बाको संगतमा बासिल पनि जीवनलाई नयाँ आँखाले हेर्न शुरु गर्छ । कथाको उत्तराद्र्धमा, जोर्बा र बासिल दुवैको प्रेम कथाको दुखद अन्त्य हुन्छ ।

तिनीहरुले गर्न खोजेको काम पनि बिग्रन्छ । तब वासिलले जोर्बालाई आफूलाई डान्स सिकाउन अनुरोध गर्छ । दुबैजना जोर्वाले सिकाएको नृत्यमा मस्तले नाच्छन् । त्यो नाचसँगै कथाको अन्त्य हुन्छ । यही नाँच आजसम्म पनि जोर्बा डान्सको रुपमा प्रसिद्ध छ । कथा काल्पनिक भएपनि जोर्बा एक जीवित पात्र जस्तै किंवदन्तीको रुपमा ( Legend) पश्चिमी जगतमा स्थापित छ ।
हामी सबैले सुनिराखेको नेपाली माटो कै एउटा सत्यकथा म पाठकहरुलाई पुर्नस्मरण गराउन चाहन्छु । करिब २६०० वर्ष अगाडि तत्कालिन कपिलबस्तु राज्यका शाक्य राजा शुद्धोधनकी गर्भवती रानी मायादेवी देवदह भन्ने ठाउँमा रहेको आफ्नो माईतीघर तर्फ जाँदै थिईन । प्रथम सन्तान माईतीघरमा जन्माउने प्रचलन स्वरुप सुसारे र सहयोगीहरुको साथमा देवदह जाँदाजाँदै उनीलाई बाटैमा प्रसव पिडा शुरु भयो । बाटोमा पर्नेे लुम्बिनी बनमा सालको रुख तल मायावतीले एक छोरा जन्माईन् । तिनको नाम सिद्धार्थ राखियो ।
छोराको जन्म पश्चात् केही दिन भित्रै मायादेवी परलोक भईन् । मायादेवीको मृत्यु पछि राजा शुद्धोधनले मायादेवीकी बहिनी महाप्रजापति गौतमीलाई विवाह गरे । गौतमीले टुहुरा सिद्धार्थलाई मुटुको टुक्रा जस्तै गरेर सम्हालिन् । भनिन्छ, जन्मने बित्तिकै राजाका ज्योतिषीहरुले सिद्धार्थको भविष्यका दुई सम्भावनाका बारेमा राजालाई बताएका थिए । एक, महाचक्रवर्ती साम्राट बन्ने दोस्रो महायोगी बन्ने । छोराले राजपाठ त्यागेर जोगी बन्ला भन्ने भयले शुद्धोधनले सिद्धार्थलाई सानै देखि सांसारिक सुखसयलमा बाँधेर राख्ने प्रयत्न गरे ।
सिद्धार्थको लागि फरक–फरक ऋतुहरुको लागि फरक–फरक स्थानमा बिशाल महलहरु बनाईदिए । सुन्दर बगैंचाहरु निर्माण गरिदिए । परम सुन्दरी स्त्रीहरु जम्मा गरी सिद्धार्थलाई भोगको दुनियाँमा डुबाएर राखे । अनि दुख भन्ने चिज कुन चराको नाम हो थाहै नहोस् भनि हजारौं सांसारिक भुल भुलैयाले ढाकेर राख्ने प्रयत्न गरे । तर बिधीको बिधान अर्कै थियो । अति सुखभोगको त्यस स्थितिमा पनि दुखको बिकराल आगो महसुस गरी सिद्धार्थले घरबार त्याग गरे । सुन्दरी श्रीमती यशोधरा र भर्खरै जन्मेको पुत्र राहुललाई छाडी आत्मिक शान्तिको खोजमा जंगल पलायन भए ।
सिद्धार्थले तत्पश्चात ६ वर्षसम्म कष्टपूर्ण साधना गरे । जन्मेको २९ वर्षसम्म महासुखमा बसेका उनीले कहिले एक छाक मात्र खाएर, कहिले खाँदै नखाएर, कहिले एउटै खुट्टामा उभिएर, कहिले एकसरो कपडा मात्र लगाएर सत्य प्राप्तिको लागि चरम कष्टकर साधना गरे । साधनामा सही मार्गदर्शन गर्ने सद्गुरु नपाएकोले आफ्नै कोसिमले साधनाको अन्धकारपूर्ण मार्गमा हिँड्दा हिँड्दै एकदिन अचानक गयाको पिपलको बृक्षको तल ‘सम्बोधी’ (Enlightenment) प्राप्त गरे । सम्बोधी पश्चात् सिद्धार्थ गौतम तथागत ‘बुद्ध’को नामले प्रसिद्ध भए । आजसम्मको ईतिहास केलाउँदा, सम्बुद्ध ब्यक्तिहरुको परम्परामा बुद्धको नाम अग्रपंक्तिमा रहेको छ र ध्यान शब्द सुन्ने बित्तिकै बुद्धकै याद पहिला आउँछ ।
यस युगका महान रहस्यदर्शी ओशोले नयाँ मनुष्यको परिकल्पना मैले माथि उल्लेख गरेका दुई ब्यक्तित्वको समन्वयमा गर्नु भएको छ । त्यसको नाम दिनुभएको छ, ‘जोर्वा द बुद्ध’ । ओशो भन्नुहुन्छ–‘मैले चाहन्छु नयाँ मनुष्यको बाहिरी रुप जोर्बा जस्तो होस् र आन्तरीक स्वरुप बुद्ध जस्तो होस् । जोर्बा पनि अधुरो छ किनकी भौतिक भोग मात्र छ र बुद्ध पनि अधुरो लाग्दछन् किनकी जीवनको रस र रङ्ग छैन । दुवैको समन्वय हुँदासम्ममात्र मानिस पूर्ण हुन्छ । जोर्बा अर्थात् भौतिक सम्वृद्धता अनि बुद्ध अर्थात आन्तरिक सम्बुद्धता । व्यक्ति सम्भव भएसम्म आर्थिक रुपमा सम्बृद्ध बनोस् । सुखभोग गरोस् । खाओस्, पिओस्, कला अनि सङ्गीतको आनन्द लिओस् । गीत गाओस् । नाचोस् साथै आन्तरिक सम्पदाको खोज पनि गरोस् बुद्ध जस्तै । जोर्बा नयाँ मनुष्यताको जग (Foundation) बन्नुपर्दछ भने बुद्ध त्यो जगमा फैलिएको बृक्ष ।’

स्वामी अरुण आनन्द, ओशो तपोवन नेपालका संस्थापक
ओशोले थप भन्नु भएको छ कि, कुनै प्रज्ञावान व्यक्तिले जब जोर्बा जस्तै पूर्ण रुपमा संसार भोग गर्दछ तबमात्र भित्रबाटै सांसारिक वासना त्याग गर्न सक्दछ । सिद्धार्थ गौतमले पनि पहिला जोर्बाको जीवन बिताएका थिए । उनी प्रज्ञावान थिए । त्यसैले जब भोगको अति महसुस गरे त्यसलाई त्याग गरी साधनाको मार्गमा लागे र बुद्ध भए ।
रहस्यदर्शी सद्गुरु ओशोका प्रथम नेपाली शिष्य स्वामी आनन्द अरुणको जीवनलाई नजिकबाट हेर्ने अवसर पाएपछि मैले ओशोले बुझाउन खोज्नुभएको ‘जोर्वा द बुद्धा’को अर्थ अझ स्पष्ट रुपमा बुझें । पेशाले सिभिल ईन्जिनियर स्वामी आनन्द अरुण कर्मले योगी अनि ध्यानका अन्र्तराष्ट्रिय प्रशिक्षक मात्र होईन कि एक आध्यात्मिक गुरुको रुपमा विश्व प्रख्यात हुनुहुन्छ । स्वामी अरुण भन्नु हुन्छ–‘सबै साधकहरुले सिद्धार्थ गौतमले जस्तै साधना गर्नको लागि घरबार त्याग्नु पर्ने आवश्यकता छैन । सिद्धार्थको परिस्थिति अलि विशिष्ट थियो । जुन ब्यक्तिले संसारमै बसेर, यहाँका भौतिक सुख सुबिधाहरु उपभोग गरेर पनि ध्यानमय र साधनापूर्ण जीवन बिताउँछ, त्यही हो ओशोको सही ‘जोर्वा द बुद्ध’ । राजा जनक, श्रीकृष्ण, सद्गुरु ओशो स्वयं ‘जोर्बा द बुद्ध’को सच्चा उदाहरणहरु हुन् ।’

पौराणिककालका राजा जनक, भगवान श्रीकृष्ण या भना करिब ३० बर्ष अगाडि सन् १९९० मा शरीर छाड्नु भएका मेरै आराध्य भगवान ‘ओशो’लाई पनि मैले सशरीर भेट्न पाईन । त्यसैले, उहाँहरुको बारेमा धेरै कुरा लेख्ने वा भन्ने धृष्टता गर्न पनि सक्दिन । तर मैले नजिकबाट चिनेका व्यक्तिहरु मध्ये सफल ईन्जिनियरको सांसारिक जीवन बिताउँदै पनि आत्मसाधनाको शिखर छुनु भएको जस्तो महसुस गर्न सकिने स्वामी आनन्द अरुणज्यूलाई जब–जब नियाल्छु तब मलाई लाग्छ कि ओशोकोे ‘जोर्वा द बुद्ध’को परिकल्पना स्वामीजीमा आएर पूर्णरुपमा साकार भएको छ ।
जय ओशो ♥♥♥ जय अरुण स्वामीजी ♥♥♥
स्वामी अरुण भन्नु हुन्छ–‘सबै साधकहरुले सिद्धार्थ गौतमले जस्तै साधना गर्नको लागि घरबार त्याग्नु पर्ने आवश्यकता छैन । सिद्धार्थको परिस्थिति अलि विशिष्ट थियो । जुन ब्यक्तिले संसारमै बसेर, यहाँका भौतिक सुख सुबिधाहरु उपभोग गरेर पनि ध्यानमय र साधनापूर्ण जीवन बिताउँछ, त्यही हो ओशोको सही ‘जोर्वा द बुद्ध’ । राजा जनक, श्रीकृष्ण, सद्गुरु ओशो स्वयं ‘जोर्बा द बुद्ध’को सच्चा उदाहरणहरु हुन् ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो