News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य मनोरञ्जन समाचार

‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’

पोखरा । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रृंखलाको अर्को गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरी बजारमा ल्याउँदैछ ।

मनोरञ्जन उद्योगका सिद्धहस्त नृत्य निर्देशक कविराज गहतराज र छायाँकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनियममा सोमबार उक्त गीतको छाँयाङ्कन सम्पन्न भएको छ ।

रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स, अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।

मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

डनन्यूज ट्रेन्डिङ