News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप १०४३ कोरोना संक्रमित थपिँदा १२ को मृत्यु

काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९१ रहेको छ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन्। जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन्।

प्रतिक्रिया