
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडाैं । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ।
माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो।
कोमुरोसँग विवाहलगत्तै माकोले ‘राजकुमारी’ को उपाधि त्याग्नु पर्ने हुन्छ। राजपरिवारको सहमति पश्चात राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह हुने भएको हो। सिएनएनका अनुसार कोमुरो अमेरिका, न्युयोर्कमा वकिल छन्। माको र उनी बिहेपछि अमेरिका नै सर्ने कुरा छ।
राजकुमारी माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो सन्तान हुन्। विद्यावारिधि गरिरहेकी उनी संग्रहालय अनुसन्धानकर्ताको रूपमा काम पनि गर्दैछिन्।
जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र पुरुषलाई भेदभावपूर्ण नियम छ। महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषले पर्दैन। यसै कानुनमा रहेर माकोले आफ्नो उपाधि त्याग्दै कोमुरोसँग विवाह घोषणा गरेकी हुन्। माको र कोमुरो दुवै २९ वर्षका छन्। उनीहरूको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो।
कोमुरोसँग पहिलो भेटमै आकर्षित भएको भन्दै माकोले विवाहको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘उनी सूर्यजस्तै मुस्काउँछन्, चम्किला। मलाई सानैदेखि थाहा थियो, मैले गैर राजकीय व्यक्तिसँग विहे गरेँ भने उपाधि गुमाउँछु। यी सबै छाडेर म विवाह गर्दैछु।’
कोमुरोले पनि राजकुमारी माकोलाई हेर्दै भनेका थिए, ‘उनलाई म चन्द्रमा जस्तो हेरिरहन्थेँ, हेरिरहन्छु।’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी