News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनोरञ्जन

सलमान खानले आगामी ‘बिगबोस’ का लागि कति लिँदैछन् पारिश्रमिक ?

बलिउड अभिनेता सलमान खान चर्चित भारतीय रियालिटी कार्यक्रम बिगबोसको नयाँ सिजनको तयारीमा छन्। शनिबार यस वर्षको विजेता घोषणा भएलगत्तै सिजन अन्त्य भएको छ र अब यसको नयाँ सिजन सुरू हुन लागेको हो।

बिगबोस भारतीय टेलिभिजनमा सबभन्दा ठूलो रियालिटी कार्यक्रममध्ये एक हो। हरेक वर्ष यहाँ कयौं सेलेब्रेटीले भाग लिन्छन् र थुप्रै कारणले चर्चा कमाउँछन्। अन्त्यमा एक प्रतिस्पर्धी कार्यक्रमको विजेता भइ नगद पुरस्कार पनि पाउँछन्।

बिगबोसका धेरै सिजन सलमान खानले होस्ट गरिरहेका छन्। यसको नयाँ सिजन, बिगबोस-१५ मा उनी फेरि होस्ट भएर फर्किन लागेका हुन्। उनले यो कार्यक्रमको विगत ११ वटा सिजन पनि होस्ट गरेका थिए। बिगबोस चर्चामा आउनुको अर्को कारण सलमानको होस्टलाई पनि लिइन्छ।

१४ हप्तासम्म चल्ने यो कार्यक्रमका लागि सलमानले यसपटक भने ठूलो रकमको पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले जनाएको छ।

रिर्पोटका अनुसार बिगबोस-१५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारू पारिश्रमिक लिने भएका छन्। योसँगै उनले आफ्नो पारिश्रमिक पन्ध्र प्रतिशतले बढ्नु पर्ने माग गरेका छन्।

सलमान यसै पनि सबभन्दा धेरै पैसा कमाउने रियालिटी कार्यक्रम होस्टमा पर्छन्। उनले बिगबोसको सिजन ४ देखि सिजन ६ सम्म प्रत्यक भागको दुई करोड भारूभन्दा बढी पारिश्रमिक लिएका थिए। सिजन ७ मा यो पारिश्रमिक पाँच करोड भारूसम्म बढेको थियो।

बिगबोस-१३ मा भने उनले हप्ताको १३ करोड भारू लिएका थिए। आउँदो नयाँ सिजनमा भने उनले हप्ताको २५ करोड भारूको दरले आफ्नो पारिश्रमिक तोकेका हुन्। बलिउड हंगामाका अनुसार बिग बस-१५ आउँदो अक्टोबरदेखि सुरू हुनेछ।