
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा । कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पनि बुधबार (भोलि)देखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार राति बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यता, सरकारले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको हो । मन्त्रिपरिषद्को बैठकले स्थानीय प्रशासनलाई कम्तीमा १५ दिन निषेधाज्ञा गर्न सुझाव दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोना संक्रमणको अवस्था अध्ययन गरेर स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने अधिकार सोमबारको मन्त्रिपरिषद बैठकले दिएको बताएका छन् ।
जिल्ला प्रशासनले अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर नियम लागू गरेर चल्ने अनुमति दिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सवारी चलाउन पाईने छ । ‘कोरोना संक्रमणको दर ह्यात्तै बढेपछि आर्थिक गतिविधि ठप्प नहुने गरी निषधाज्ञा जारी गर्ने निर्णय गरिएको हो,’ सहायक सिडिओ श्रीनाथ पौडेलले भने, ‘अत्यावश्यबाहेक घर बाहिर ननिस्कन भनेका छौं ।’
निषेधाज्ञामा तरकारी तथा फलफूल, औषधी पसल, पेट्रोल पम्पलगायत अत्यावश्यक सेवा भने सुचारु गर्न दिने निर्णय गरेको छ । होटल तथा रेष्टुरेण्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ‘टेक अवे’ अर्थात खानेकुरा बसेर खान नपाउने लिएर जान पाउने गरी सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचनामा सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थानहरु बन्द गर्न निर्देशन दिएको छ । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै १५ जनाभन्दा बढी सहभागी हुन नपाईने नियम बनाएको छ ।
दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्नेछन् । अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन् । बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्न भनिएको छ । विश्वविद्यालय, विद्यालयका पठन–पाठन, तालिम, प्रशिक्षण स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणका कारण कास्कीमा मात्रै हालसम्म १२० जनाको ज्यान गईसकेको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञा अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन