
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
३अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
४न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
९पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
१०पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
११‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
१२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उहाँले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको बताउनुभयो । शान्तिपूर्ण बाटोमा नेत्रविक्रम चन्द समूह पनि आएकामा प्रशन्नता व्यक्त गर्दै उहाँले भन्नुभयो, “मैले धेरै पहिल्यै भनेको थिएँ, उहाँहरू (चन्द समूह) शान्तिपूर्ण बाटोमा आउनुहुनेछ । उहाँहरू आउनुभएको छ । म उहाँहरूलाई यही पार्टीमा स्वागत गर्न आतुर छु ।”
पछिल्लोपटक प्रतिनिधिसभाको विघटनपछि देशभर आएको जनताको उभार, प्रतिगमनविरुद्ध जनताले देखाएको समर्थन तथा जनसभाले पनि आफूहरू नै वैधानिक र आधिकारिक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालले खारेज गरेपछि नेपाली जनता विजयी भएको र त्यसले नयाँ आयाम थपेको स्पष्ट पार्नुभयो । पार्टीमा जोडिन आएका युवालाई उचित जिम्मेवारी दिने उल्लेख गर्दै उहाँले समाजवादी आन्दोलन अगाडि बढाउन ज्ञान र सीपले युक्त शक्ति नै जरुरी रहेको धारणा राख्नुभयो ।
“कम्युनिष्ट आन्दोलन वैज्ञानिक आन्दोलन हो र यसले विज्ञानसम्मत दृष्टिकोण र मान्यता राख्ने भएकाले गलत चिन्तनविरुद्ध सङ्घर्ष निरन्तर चल्छ”, उहाँले भन्नुभयो, “चन्द समूहबाट नेकपामा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दछु ।”
कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिलाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको बताउनुभयो । उहाँले पार्टीको नाम र चुनाव चिह्नको सङ्घर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने भएकाले त्यसमा कोही कसैले पनि कर्के नजर लगाउन जरुरी नभएको उल्लेख गर्नुभयो ।
चन्द समूह राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले उहाँहरूलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको भन्दै उहाँले राजीनामा दिएर नैतिकता देखाउन आग्रह गर्नुभयो । कार्यक्रममा चन्द समूहका नेता अधिकारीको नेतृत्वमा २५० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई