
१गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
२कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
३उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
४अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
५५३ मृतकका परिवारलाई ८ करोड राहत
६मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
७प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
८निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
९चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१०निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
११‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो ।
बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई खारेज गरेर पुनःस्थापित गर्ने फैसलालाई उच्च मूल्याङ्कन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “त्यसले प्रतिनिधिसभा पुनःस्थापना मात्र गरेको छैन, संविधान र लोकतन्त्रको पनि रक्षा गरेको छ । यसले देशलाई प्रतिगामी षड्यन्त्रको चक्रब्यूहमा, राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट बचाउन योगदान पु¥याएको छ”, बैठकपछि उहाँले भन्नुभयो । बैठकले विघटनविरुद्धको आन्दोलनमा सक्रिय हुने सबै राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी र आम जनसमुदायलाई धन्यवाद दिएको छ ।
प्रवक्ता श्रेष्ठले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम न्यायालयले असंवैधानिक ठहर गरिसकेको अवस्थामा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पनि बताउनुभयो । “प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भनेका थियौँ, तर अहिलेसम्म भएको छैन”, उहाँले भन्नुभयो, “अदालतको फैसलाअनुसार अब छिट्टै संसद्को बैठक बस्दैछ । सो बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अघि बढ्छ ।”
आफूहरु जहिले पनि पार्टी एकताका पक्षमा रहेको दोहो¥याउँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “हामी हिजो पनि पार्टी एकताको पक्षमा थियौँ, संविधान र लोकतन्त्रका पक्षमा, जनमुखी विकासका पक्षमा जान सकिएन भनेर बहस चलाएका थियौँ ।” उहाँले अगाडि भन्नुभयो, “पार्टीलाई फुटाउने, चोइट्याउने प्रयत्न भएकाले हामीले त्यसको विरोध गरेका हौँ, अहिले पनि हामी पार्टी एकताको पक्षमा छौँ । तर पार्टी एकतालाई प्रहार गर्ने, गुट र फुटमा रमाउने त्यस क्रममा संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आत्मालोचना नगरे पार्टी एकता ‘कुरा’मात्रै हुन्छ ।”
प्रधानमन्त्रीले आफूले चालेको कदमप्रति आत्मालोचना नगरेसम्म पार्टी एकता हुन नसक्ने जिकिर गर्दै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर गल्ती गरेको स्वीकार गर्नुभयो भने एकता सम्भव हुने उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा अध्यक्षद्वयको भेटका विषयमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा उहाँले मुलुकलाई स्थिरतातर्फ लैजान सबै लोकतन्त्रवादी शक्ति मिलेर जानुपर्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रष्ट पार्नुभयो । बैठकले भ्रममा परेर बाटो विराएका नेता, कार्यकर्तालाई मूल पार्टीमा फर्कन पनि आह्वान गरेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी