
१२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
३कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
४उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
५अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
६५३ मृतकका परिवारलाई ८ करोड राहत
७मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
८प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
९निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
१०चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
११निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
१२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।
चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा रु नौ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जनाएको छ ।
चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ । कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ ।
हाल कम्पनीको अधिकृत पूँजी रु. ५० अर्ब, जारी पूँजी रु २२ अर्ब र हालसम्मको चुक्ता पूँजी रु १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड कूल आम्दानी गरेको र त्यसमा रु पाँच अर्ब २२ करोड खुद नाफा गरेको छ । कम्पनीले हालसम्म नेपाल सरकारलाई रु एक अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई रु छ अर्ब २८ करोड लाभांश वितरण गरेको छ । लाभांशमध्ये नेपाल सरकारतर्फ रु दुई अर्ब १६ करोड र अन्य शेयरधनीतर्फ रु चार अर्ब १२ करोड वितरण भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०७८÷७९ सम्म कूल ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा रु १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ । साथै, ऋण लगानीतर्फ कूल २,८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी रु १२ अर्ब ६७ करोड पु¥याउने लक्ष राखेको छ । कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ रु १०० अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।
अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट रु पाँच अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट रु तीन अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभयो । यसै आवभित्र सर्वसाधारणलाई रु दुई अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी