
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
बागलुङ । कवि भूपि शेरचनका नाममा धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित पुरस्कार कोषमा १९१ जना संस्थापक बनेका छन् । जसमध्ये २६ जना विशिष्ट संस्थापक सदस्य र चार जना संरक्षक छन् । प्रतिष्ठानले २०७३ मा ‘भूपि पुरस्कार’ घोषणा गरेको थियो ।
जनस्तरबाट सहयोग जुटाएर स्थापना गरिएको कोषमा संस्थापक थपिने क्रम जारी छ । न्यूनतम रु एक हजारसम्म दिने संस्थापक र रु पाँच हजारभन्दा माथि सहयोग गर्ने विशिष्ट संस्थापक सदस्य बन्न पाउँछन् । यस्तै रु २५ हजारभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गर्ने गरिएको प्रतिष्ठानले जनाएको छ । कोषमा अहिलेसम्म सबैभन्दा बढी कवि भूपिकी धर्मपत्नी कान्ति शेरचनले रु दुई लाख २५ हजार र छोरा समिरमानले रु ५० हजार प्रदान गर्नुभएको छ ।
म्याग्दी घर भई हाल अष्ट्रेलियामा रहनुभएकी सीमा रोशीले रु ४० हजार र बागलुङ घर भई हाल अमेरिकामा रहनुभएका उज्ज्वल खड्काले रु २५ हजार प्रदान गरी कोषको संरक्षक बन्नुभएको छ । विशिष्ट संस्थापक सदस्यमा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष सुधा त्रिपाठीलगायत हुनुहुन्छ ।
उहाँले २०७५ मा पाउनुभएको भूपि पुरस्कारको रकम रु १५ हजारमा आफ्नो तर्फबाट एक हजार थपी रु १६ हजार कोषलाई प्रदान गर्नुभएको थियो । भूपि पुरस्कारसँगै साहित्यको उत्थान र प्रवद्र्धनको उद्देश्य राखेर कोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । “देश विदेशमा रहनुभएका भाषा, साहित्यप्रेमी, शुभेच्छुक महानुभाव पुरस्कार कोषमा जोडिनुभएको छ”, उहाँले भन्नुभयो । भूपिको सम्मानसँगै उहाँको साहित्यिक व्यक्तित्वलाई चीरस्थायी बनाउन स्थापित पुरस्कारमा सबै अपनत्व जोडियोस् भनेर सहयोग अभियान चलाइएको प्रतिष्ठानका संस्थापक सदस्य श्याम श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म पुरस्कार कोषमा रु सात लाख जम्मा भइसकेको छ । कोष वृद्धि अभियान निरन्तर चल्ने जनाइएको छ । कोषबाट आउने ब्याजबाट वर्षेनि भूपि जयन्तीमा पुरस्कार प्रदान गर्ने गरिएको छ । यो वर्षको पुरस्कार ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ नामक समालोचनात्मक कृतिका लागि लेखक एवं समालोचक डा सुकुम शर्मालाई शुक्रबार प्रदान गरिएको थियो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी वर्षेनि पुरस्कृत गर्छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली सेवा समिति, बुटवलले पाएको थियो ।
साहित्यिक क्रियाकलाप गर्ने संस्थालाई पुरस्कृत गर्ने गरिन्छ । त्यसअघि २०७५ को भूपि जयन्तीमा ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना’ समालोचनात्मक कृतिका लागि साहित्यकार सुधा त्रिपाठी पुरस्कृत हुनुभएको थियो । भूपि पुरस्कार पाउने पहिलो साहित्यकार उहाँ नै हुनुहुन्छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?