
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १५ साउन । पोखराको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा छोटो समयमै छुट्टै पहिचान बनाउन सफल ‘बरपीपल रिसोर्ट’ छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नं. २८, मनिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको यो पाँचतारे स्तरको रिसोर्टले आफ्नो स्थापनाकालदेखि नै स्वदेशी तथा विदेशी पर्यटकहरूको उच्च रोजाइमा पर्दै आएको छ।
सञ्चालनमा आएलगत्तै विश्वव्यापी रूपमा देखिएको कोरोना महामारीको प्रतिकूल परिस्थितिलाई सफलतापूर्वक सामना गर्दै रिसोर्टले आतिथ्यताको क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ। परम्परागत नेपाली वास्तुकला, स्थानीय सामाग्रीको प्रयोग तथा कलात्मक काष्ठकला र इँटाको बुट्टा कुँदिएको मौलिक डिजाइनलाई आधुनिक सुविधासँग मिसाएर तयार पारिएको यो रिसोर्ट नेपाली संस्कृति र सहअस्तित्वको प्रतीकका रूपमा परिचित छ।
सातौं वर्ष प्रवेशको यस विशेष अवसरमा रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परोपकारी कार्यहरू सम्पन्न गरेको छ। रिसोर्ट सञ्चालक अमरजंग गुरुङ (जितु)का अनुसार यस अवसरमा हेमजास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ भने लमजुङको दोर्दी–३ स्थित श्रीकृष्णप्रमोद प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक र दुई थान कम्प्युटर वितरण गरिएको छ। साथै, रिसोर्टलाई यो उचाइमा पुर्याउन अहोरात्र खटिने उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ।
वार्षिकोत्सवको खुसी आगन्तुकहरूसँग साट्न रिसोर्टले अगस्ट महिनाभरि खान र बस्नका लागि १५ प्रतिशतसम्म छुटको आकर्षक योजना सार्वजनिक गरेको छ। सञ्चालक गुरुङले भने, ‘बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गर्नु भनेको पोखरा आउने पर्यटकलाई मौलिक स्वाद र उत्कृष्ट आथित्यता प्रदान गर्ने हाम्रो सङ्कल्पले पनि सातौं वर्ष टेकेको हो। कठिन चुनौतीहरूका बाबजुद हामी पाहुनाहरूको सेवामा निरन्तर समर्पित छौं।’

हेमजास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्दै बरपीपल रिसोर्टकी सञ्चालिका ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड तथा आगजनीजस्ता अप्रिय घटनाहरूको सामना गर्नुपरे तापनि आतिथ्यता र गुणस्तरीय सेवामा कुनै कमी नआएकाले पाहुनाहरूको विश्वास अझ प्रगाढ बनेको सञ्चालक गुरुङको भनाइ छ। पोखराको पर्यटन क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव सङ्गालेका गुरुङ सामान्य कामदारबाट होटल व्यवसायमा होमिएर यस रिसोर्टमार्फत ठूलो फड्को मार्न सफल भएका हुन्।
फेवा ताल र वरपरका हरियाली पहाडको मनोरम दृश्यले सुसज्जित यस रिसोर्टमा डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइटसहित ५० भन्दा बढी कोठा उपलब्ध छन्। आकर्षक आउटडोर स्वीमिङ पुल, अत्याधुनिक स्पा, साउना, फिटनेस जिम, रैथाने नेपाली स्वाददेखि अन्तर्राष्ट्रिय परिकार पाइने फाइन-डाइन रेस्टुरेन्ट, कफी सप, तथा व्यावसायिक सभा–सम्मेलनका लागि सुविधासम्पन्न मिटिङ हल रिसोर्टका मुख्य विशेषता हुन्।

लमजुङको दोर्दी–३ स्थित श्रीकृष्णप्रमोद प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक र दुई थान कम्प्युटर वितरण गर्दै ‘बरपीपल रिसोर्ट’ का सञ्चालक जीतु गुरुङ दम्पती ।

लमजुङको दोर्दी–३ स्थित श्रीकृष्णप्रमोद प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक र दुई थान कम्प्युटर वितरण गर्दै ।
वर्तमानमा यस रिसोर्टले करिब एक सय जना युवाहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। नेपाली सेलिब्रेटीहरूदेखि देशविदेशका विशिष्ट पाहुनाहरूको समेत पहिलो रोजाइ बन्दै आएको बर पीपल रिसोर्टले पोखराको पर्यटन प्रवद्र्धनमा थप ऊर्जा थप्दै आगामी दिनमा सेवालाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।