
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौँ । विषम स्थितिमा सिकाइको निरन्तरता र प्रभावकारिताका लागि अभिभावकको भूमिका बढाउन लगानी वृद्धि गर्न शिक्षाकर्मीले जोड दिएका छन् ।
शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा ‘अभिभावकहरु केही जान्दैनन् वा उनीहरुको भूमिका आवश्यक छैनन्’ भन्ने पुरानो मान्यता शिक्षा सुधारमा बाधक भएको जनाइएको हो । शिक्षाविज्ञ टीका भट्टराईले अवधारणापत्र प्रस्तुत गर्दै ‘शिक्षाका लागि अभिभावकलाई सिकाऔँ वा उनीहरुलाई अगाडि ल्याऔँ’ भन्ने सोच राज्यमै हुनुपर्छ र त्यसको कार्यान्वयनमा शिक्षकहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । विश्लेषक भट्टराईले विद्यालय खोल्ने–नखोल्ने भन्ने निर्णय गर्दा अभिभावकलाई पूर्वपरामर्शमा राख्न पनि सुझाव दिनुभयो ।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले राज्यले अभिभावकको भूमिकालाई सक्रिय र सुशिक्षित गराउन योजनाबद्ध वा संस्थागत लगानी गर्न आग्रह गर्दै त्यसका आधारमा अभिभावक सक्रिय हुने बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले केही समय पहिलेको युनेस्कोको एक अध्ययनले शिक्षामा ४४ प्रतिशत राज्य र ५६ प्रतिशत लगानी अभिभावकले गर्ने गरेको देखाए पनि कानूनी र नीतिगत तहमा अभिभावकको भूमिका सक्रिय नबनाइएको गुनासो गर्नुभयो ।
शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले अभिभावकको भूमिका शिक्षाका लागि व्यवस्थापन गर्नु मात्रै होइन भन्ने मान्यता विकास गरी ‘च्यारिटी बिगेन्स विथ होम’ भन्ने मान्यतालाई आत्मसात् गरी जीवनपर्यन्त गुणस्तरीय सिकाइको राष्ट्रयसङ्घीय दिगो विकासको लक्ष्य पूर्तिमा लाग्न आग्रह गर्नुभयो । झापाको जनजागृति माविका प्रधानाध्यापक इन्दिरा चुडालले आफूहरुले सिकाइलाई प्रभावकारी बनाउन कोभिड–१९ कै स्थितिमा पनि गाउँपालिकाको स्वीकृतिमा अभिभावकको भूमिकालाई सक्रिय तुल्याइएको अनुभव सुनाउनुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई