
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
वासुदेव पौडेल
गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको गैँडाकोट नगरपालिका–१३ मा अवस्थित कैलाश सन्यास आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयास थालिएको छ ।
सेनकालीन सभ्यता झल्किने यस स्थलको प्रवद्र्धन हुन नसक्दा लामो समयदेखि ओझेलमा परेको वास्तविकतालाई दृष्टिगत गर्दै पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय तह सबैले यसको प्रवद्र्धन र विकासमा जोड दिएका छन् ।
चितवनको नारायणगढबाट करिब १६ किलोमिटर पश्चिम दक्षिणमा रमणीय तपोभूमिका रूपमा रहेको यस आश्रमको दक्षिणतर्फ नारायणी नदी बगेको छ भने यहाँबाट चितवन राष्ट्रिय निकुञ्जको ठूलो भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै पूर्वतर्फ कैलाश उद्यान एवं विशाल खेलमैदान रहेको छ ।
आश्रम क्षेत्रभित्र हजारौँ वर्ष पुरानो साल, सल्लो, रुद्राक्ष, रक्तचन्दनलगायत थुप्रै वनस्पति अवलोकन गर्न सकिन्छ । आश्रममा पौराणिक, धार्मिक एवं कला संस्कृतिले भरिएका वास्तुकलाका महत्वपूर्ण शिला दर्जनौँ सङ्ख्यामा देख्न सकिन्छ । यस क्षेत्रलाई पुरातत्व विभागले पुरातात्विक क्षेत्र घोषणा गरी उत्खनन गर्दा ढुङ्गाद्वारा निर्मित ज्योर्तिलिङ, गणेश मूर्ति र सार्दुल मूर्ति भेटिएका छन् ।
पुरातत्व विभागले उत्खननका क्रममा प्राप्त गरेका पुरातात्विक सामग्रीको अध्ययनबाट यो स्थल करिब ८०० वर्ष पुरानो भएको अनुमान गरिएको कैलाश सन्यास आश्रम सञ्चालक समितिका सदस्य शेषराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रम क्षेत्रमा करिब सात बिघा जग्गा रहे पनि तीन बिघाको पूर्जा रहेको छ । विभागले २०७० देखि २०७२ सम्म गरेको उत्खननका क्रममा यहाँबाट एक हजार ५०० भन्दा बढी पुराना ढुङ्गा निकालेको थियो । हरेक ढुङ्गामा कलात्मक आकृति झल्किने हस्तकला देख्न पाइन्छ ।
विभागले गरेको उत्खननका क्रममा यहाँ चौधौँ–पन्ध्रौँ शताब्दीमा सेन राजाको शासनकालमा भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने आधार भेटिएको कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले जानकारी दिनुभयो । उत्खननबाट यस स्थलमा शिवको भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने अनुमान गरिएको छ । उत्खननमा भेटिएका सामग्री सुर्खेतको काँक्रे विहारमा जस्तै पाइएकाले यो सेनकालीन समयको भएको उहाँले बताउनुभयो ।
तत्कालीन समयमा यसै क्षेत्रमा मणिमुकुन्द सेनको दरबारसमेत रहेकाले यस मन्दिरमा उनले पूजाआजा गर्ने गरेको बुढापाकाको तर्क छ । कैलास सन्यास आश्रमको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबैको संयुक्त प्रयास अपरिहार्य भएको गैँडाकोट नगरपालिका–१३ का वडाध्यक्ष पदम पौडेलले बताउनुभयो । “हामी यस क्षेत्रको विकासका लागि अघि बढेका छौँ, यसमा सङ्घ तथा प्रदेशको सहयोग तथा समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो, “पुरातात्विक महत्वको यस स्थललाई विकास गर्नसके समग्र गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य वनने पक्का छ ।”
पूर्वपश्चिम राजमार्गको बेल्डिहाबाट करिब साढे एक किलोमिटर दक्षिणतर्फ नारायणी नदीकिनारमा अवस्थित यस स्थानको पुनःनिर्माणको काम थालिसकिएको छ । उत्खननका क्रममा प्राप्त विशाल ढुङ्गाबाट निर्मित शिवलिङ्ग, चक्र आकारको ठूलो ढुङ्ष, देवीदेवताको मूर्ति र विभिन्न आकार प्रकारमा कुँदिएका कलात्मक ढुङ्गाले यहाँको गरिमा र महत्व अझै बढाएको छ । उत्खननमा भेटिएको शिव मन्दिर र त्यसको गर्भमा भेटिएको शिव लिङ्गको आधारमा यहाँ शिवको भव्य मन्दिर रहेको पुष्टि हुने आश्रमका प्रमुख महात्मा पवित्रानन्दले बताउनुभयो ।
सेनकालीन समयको मन्दिर हुनसक्ने भन्दै यसलाई उस्तै शैलीमा पुनःनिर्माण गर्नका लागि विभागले रु सात करोड ६९ लाख रकम विनियोजन गरेको छ । यहाँका धार्मिक पर्यटकीयस्थल त्रिवेणीबाट गजेन्द्रमोक्षधाम हुँदै नारायणी नदीको किनारास्थित यस आश्रमको प्रवद्र्धन र विकास गर्न सके ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो । मनोकांक्षा पूरा हुने जनविश्वासका साथ मन्दिरमा दर्शनार्थी आउने गरेको उहाँले जानकारी दिनुभयो ।
आश्रमका अध्यक्ष पुष्पराज घिमिरेका अनुसार यस क्षेत्रको विकासका लागि केही वर्ष अघि लगाइएको महायज्ञबाट रु ३० लाख चन्दा सहयोग सङ्कलन भएको थियो । उक्त रकममध्ये समितिले रु १० लाखको अक्षयकोष राखेको छ भने अन्य रकम यस क्षेत्रका भौतिक पूर्वाधार विकासमा प्रयोग गरिएको छ । आश्रममा अहिले तीन जना साधु छन् भने अन्य चार जना सहयोगी छन् । आश्रम परिसरमा कम्पाउन्डिङका साथै एक जना चौकीदार अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
पुरातात्विक महत्वको कैलाश आश्रमको विकास गर्दै यसलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले बताउनुभयो । “यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले चासो दिनेछ”, उहाँले भन्नुभयो, “नवलपुर क्षेत्रका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, कैलाश सन्यास आश्रमलगायतका स्थानलाई समेट्दै यिनीहरूलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने छ ।”
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नवलपुरका संयोजक एवं मध्यविन्दु प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष जीवनराज सापकोटाले पुरानो महादेव स्थानका रुपमा रहेको यस स्थलको मौलिकता कायम हुने गरि विकास गरिनुपर्ने उल्लेख गर्नुभयो । आश्रम वरपर रहेको जमिनलाई यसको मातहतमा ल्याउनुपर्ने बताउँदै उहाँले यसलाई प्राचीन मौलिकता कायम हुने गरी महादेव स्थान धार्मिक क्षेत्र विकास समितिका रुपमा राख्दै मधेशको पाशुपत क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । यसका लागि सम्बधित क्षेत्रका विज्ञसहितको अन्तरक्रिया गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ