
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, १५ चैत्र । पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अति तथा मध्यम गरिब घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भइसकेको छ ।
महानगरपालिकाले विपन्न नागरिक स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि २०८२, स्वास्थ्य बिमा ऐन तथा नियमावलीअनुसार यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त गरिब घर धुरीको सूचीका आधारमा २०८३ जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिने छ ।
स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार ५ जनासम्म सदस्य भएको परिवारको लागि प्रति परिवार ३५०० रुपैयाँ र ५ जना भन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यको लागि ७०० रुपैयाँ बिमा प्रिमियम महानगरपालिकाले स्वास्थ्य बिमा बोर्डलाई उपलब्ध गराउनेछ ।
यो निःशुल्क बिमा कार्यक्रममा सहभागी हुन वा नवीकरण गर्न सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घर परिवारको पहिचान सिफारिस लिनुपर्नेछ । दर्ता सहयोगीमार्फत फाराम भरेर स्वास्थ्य महाशाखामा आवेदन दिन सकिनेछ । आवश्यक प्रक्रिया पूरा गरी फाराम स्वास्थ्य बिमा बोर्डमा पठाइने र सूचना प्रणालीमा दर्ता गरिने छ ।
महानगरपालिकाले लक्षित वर्गलाई यो कार्यक्रमबाट लाभ लिन अनुरोध गरेको छ । दर्ता सहयोगीहरूलाई आवश्यक अभिमुखीकरण पनि गरिने भएको छ ।
नगर प्रमुख धनराज आचार्यले आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित वर्गलाई यो कार्यक्रमले ठूलो राहत मिल्ने बताए । मेयर आचार्यले महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको दावी पनि गरे ।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार यो कार्यक्रमले पोखरा महानगर क्षेत्रमा गरिबीको रेखामुनि रहेका परिवारको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी