
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ, २४ असार । स्याङ्जाको आँधीखोलामा भइरहेको अवैध गिट्टी–बालुवा उत्खननको विरोध गर्दा आक्रमणमा परेका संरक्षणकर्मी दिनकर नेपाल र मेघ आले न्याय खोज्दै काठमाडौँ आइपुगेका छन्। उनीहरूमाथि रड प्रहार गर्ने मुख्य आरोपी, वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल अझै पक्राउ परेका छैनन्।
संरक्षणकर्मीहरूले बताएअनुसार, असार ३ गते आँधीखोला संघर्ष समितिले उत्खनन भइरहेको स्थानमा डोजरमा विरोधस्वरूप ब्यानर टाँसेका थिए। सोही कार्यक्रममा वडाध्यक्ष खनाल आएर ब्यानर च्यात्न लगाएपछि विवाद चर्किएको थियो। त्यसको केही समयपछि, उनीहरू कार्यक्रम सकेर फर्किंदै गर्दा बाटोमा ढुकेर वडाध्यक्ष खनाल नेतृत्वको समूहले उनीहरूलाई रोकेको थियो।
“बाइक रोक्ने बित्तिकै रडले टाउकोमा प्रहार भयो,” दिनकर नेपाल भन्छन्, “धन्न हेलमेट लगाएको थिएँ, ज्यान जोगियो। हातले छेक्दा फ्याक्चर भयो।” उनी पोखराको अस्पतालमा उपचारपछि काठमाडौँ आइपुगेका हुन्।
मेघ आलेका अनुसार, पुलनजिकैको क्षेत्र (जहाँ उत्खनन निषेध गरिएको छ) मा नै निरन्तर उत्खनन भइरहेको थियो। त्यसले खेतबारी र बस्ती जोखिममा परेको भन्दै उनीहरूले आवाज उठाएका थिए। “संविधानले दिइएको अधिकार प्रयोग गर्दा हामीमाथि आक्रमण भयो,” आलेले भने।
आरोपित अझै फरार, एक मात्र पक्राउ
घटनापछि वडाध्यक्ष खनालसहित ६ जनाविरुद्ध उजुरी दिइएको थियो। तर, हालसम्म साजन पंगेनी नाम गरेका एक जनामात्र पक्राउ परेका छन्। बाँकी अझै फरार छन्।
स्याङ्जा प्रहरीका डिएसपी दीपककुमार शाहका अनुसार, “घटना गम्भीर छ। अनुसन्धान र खोजी भइरहेको छ।”
तर, पीडित पक्षको आरोप छ — राजनीतिक संरक्षणका कारण प्रहरीले दोषीलाई जोगाइरहेको छ। “स्थानीय सरकार र प्रहरीबीचको मिलेमतोमा आक्रमणकारीहरू खुलेआम हिँडिरहेका छन्,” नेपालले भने।
“संरक्षणको आवाज उठाउनेलाई समाजले भँडुवा भन्छ”
दिनकर नेपाल र मेघ आले दुवैले प्राकृतिक स्रोतको दोहनबारे सामाजिक सञ्जाल र जनचेतनामार्फत आवाज उठाउँदै आएका थिए। नेपालले भने, “सचेत नागरिकको हैसियतले बोलें, तर समाजले भँडुवा भनेर ट्याग लगाइयो।”
आलेले भने, “बजार जोगाउने भन्दै नदी दोहन गरिँदैछ। तर वास्तविक जोखिम खेतबारी र बासिन्दालाई छ। यो दोहनको नाममा व्यापार चलिरहेको छ।”
कानुन, अधिकार र चेतनाको आवाज दबाउने प्रयास
ललितपुरमा आयोजित छलफल कार्यक्रममा सहभागी अधिकारकर्मीहरू, वातावरणविद् र वकिलहरूले यो घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिए। लेखक कनकमणि दीक्षितले भने, “स्थानीय सरकारले डन्डा लगाउन थाल्यो भने लोकतन्त्रको जग हल्लिन्छ।”
वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, “वातावरणका पक्षमा बोल्दा प्रलोभन र धम्की दुवै आइरहेको छ। अहिले संरक्षण गर्नेको हालत यस्तो छ भने, भविष्य कस्तो होला?”
संरक्षणकर्मी अर्जुन ढकालले नदीजन्य पदार्थ राजनीतिज्ञहरूको कमाइको स्रोत बनेको बताए। “देशैभरि यो समस्या छ। अब मौन बस्न मिल्दैन,” उनले भने।
वातावरणविद् भूषण तुलाधरले आँधीखोलाको घटनालाई सामान्यीकरण गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे। “यो एक जीवन समर्पित संरक्षणकर्मीमाथि प्रहार हो,” उनले भने।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर