
१लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
३आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
४अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
५राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
६राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
७फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
८सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
९अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१०सहकारी क्षेत्रमा आमूल परिवर्तन
११रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा, १८ असार । गरिमा विकास बैंक पोखरा (लेकसाईड शाखा)का दुई कर्मचारीले एक महिला ऋणी र उनका साना छोराछोरीमाथि अमानवीय व्यवहार, सामाजिक अपमान र मानसिक यातना दिएको आरोप लागेको छ।
चार वर्षअघि महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत बिना धितो पाँच लाख रुपैयाँ ऋण लिएकी सपना (नाम परिवर्तन) नियमित रूपमा किस्ता तिर्दै आएकी थिइन्। तर गम्भीर बिरामी भएर महिनौं काठमाडौं उपचारमा बस्नुपरेपछि उनले दुई किस्तामा एक किस्ता मात्र बाँकी हुने गरी रकम तिरिन्। बाँकी रहेको साढे १० हजार रुपैयाँको लागि उनले जुन व्यवहार भोग्नुपर्यो, त्यो सामाजिक मर्यादामाथिको प्रश्न बनिरहेको छ।
असार १३ गते, उनी उपचारपछि घर फर्किएलगत्तै गरिमा विकास बैंक बैदाम शाखाका कर्मचारी सुशिल थापा र स्वस्तिका पहारी पसलमा पुगे। ती महिला बिरामी र थलिएकी थिइन्, त्यहीबेला ‘जसरी भए पनि पैसा तिर्नू’ भन्दै उनीहरूमध्ये एकजनाले पसलबाट पैसा नतिरे हामी यहीं रक्सीका बोत्तल बेचेर भएनि असुल्छौं भन्दैं चोक–चोकमा बेच्न हिडे ।
ऋण असुलीका नाममा महिला उद्यमीको पसलमा राखिएका रक्सीका बोत्तल बोकेर चोक–चोकमा बेच्न हिँडे गरिमा बैंकका कर्मचारी !

गरिमा विकास बैंकका कर्मचारीले बेच्न लगेर बिक्री नभएपछि फिर्ता ल्याईदिएका रक्सीका बोत्तलहरु ।
‘मैले भनें, म बिरामी छु, र यहाँ बेचेरै तिर्छु। तर उनले आफैं बोत्तल लिएर चोक/चोकमा गए,” सपनाले भनिन्, “रक्सी बिकेन, फेरि बोतल ल्याएर राखे । तर यसबीचमा सबै छिमेकीले देखे, के सोच्लान् भन्ने ठुलो मानसिक पीडा भयो ।”
त्यति मात्र होइन, सानो छोरालाई हर्कादैं काउण्टर समेत खोलेर हेर्न लगाइयो । ‘तिम्रो बुबाले पैसा लुकाएका छन् कि’ भन्दै । ‘बच्चा अहिले डराउँछ । मान्छे आए भने लुक्न खोज्छ । पसल चलाउन झनैं असहज हुँदैं गयो,’ उनले दुखेसो पोखिन् ।
तर बोतल उठाएर चोकमा गएर बेच्न खोज्ने काम सहजीकरण हो कि अपमानजनक व्यवहार ? यो प्रश्न गम्भिर रुपमा अहिले उठिरहेको छ ।
यस घटनाबारे प्रतिक्रिया दिँदै गरिमा विकास बैंक गण्डकी प्रदेश प्रमुख मेघबहादुर केसी भन्छन्–‘त्यो जबरजस्ती होइन, ऋणीसँग समझदारीमै गरिएको काम हो । रक्सीको बोत्तल उठाउनु पनि पैसा व्यवस्थापनमा सहजीकरणको उद्देश्य थियो ।’
तर बोतल उठाएर चोकमा गएर बेच्न खोज्ने काम सहजीकरण हो कि अपमानजनक व्यवहार ? यो प्रश्न गम्भिर रुपमा अहिले उठिरहेको छ ।
‘ऋण लिएको हो, चोरी गरेको त त होइन नि !’
पीडित सपनाले भन्छिन्-“मैले महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत ऋण लिएकी हुँ । चोरी गरेको त होइन नि । अब एक लाखमात्र बाँकी छ । त्यो पनि किस्ता किस्तामा तिर्दै आईरहेकी छु र तिर्छु पनि । तर अहिले जुन व्यवहार बैंकका कर्मचारीले गर्नुभयो, त्यो कुनै पनि हालतमा सह्य थिएन ।”
के गरिमा बैंकको ‘गरिमा’ यस्तै हो?
यो घटना केवल एक महिलाको मात्र अपमान होइन, पुरैं बैंक प्रणालीले गरिब, महिला र साना उद्यमीप्रति लिने दृष्टिकोण कस्तो छ भन्ने उदाहरण पनि हो ।
गण्डकी प्रदेश प्रमुख मेघबहादुर केसी विवादित पृष्ठभूमि भएका पात्र हुन् । स्रोतका अनुसार उनलाई लक्ष्मी सनराइज बैंकले यस्तै व्यवहारकै कारण हटाएको थियो । केसीको व्यवहारले बैंकका ग्राहक र ऋणीमात्र होइन कर्मचारीहरु पनि पीडित छन् ।

गरिमा विकास बैंक गण्डकी प्रदेश प्रमुख मेघबहादुर केसी
‘उनको कार्यकक्षमा जानु अघि फोन गरेर वा संकेत दिएरमात्र जानु राम्रो हुन्छ । प्रायः जसो कहिले टिकटक लाइभ, कहिले भिडियो च्याटमा मस्त देखिन्छन्,’ बैंकमा प्रायः गईरहने एक ग्राहकले भने–‘भिडियोकलमा उनले बोलेका शब्द, त्यहाँ देखिने हाऊभाऊ/हर्कत अशोभनीय र अनुशासनहिन छन् । जसले गर्दा बैंकको अनुशासन र व्यवहारमाथि नैं गम्भीर प्रश्न चिन्ह उठ्न थालिसकेको छ ।’
‘कर्मचारीलाई दिएको दवाव, ग्राहकलाई परेको पीडा’
बैंकका कर्मचारीहरू बिहान ८:३० देखि साँझ ७:३० बजेसम्म ‘जे गरेर भएपनि कर्जा उठाउ’ भन्ने चर्को दवावमा छन् । यसले गर्दा उनीहरू पनि मानसिक तनावमा परेर आक्रोश ग्राहकमाथि पोखिरहेका हुन्छन् ।
त्यसो त बैंकहरुमा काम गर्ने कर्मचारीहरुको न त कार्यालय जाने निश्चित समय हुन्छ, न त फर्किने । उनीहरुले काम गरे अनुसारको ओभरटाइमको हिसाबकिताब पनि बैंकले राख्दैनन् । चरम श्रम शोषण गर्ने यस्ता बैंकहरुलाई सम्बन्धित निकायहरुले अनुगमन र छड्के गर्नुपर्ने देखिन्छ । ‘आधुनिक जेल’को रुपमा यतिबेला बैंकलाई हेर्ने गरिन्छ । त्यहाँ भित्र दिईने तनाव र दवावले कर्मचारीहरुको मानसिक स्वास्थ्य अवस्था पनि जटिल देखिन थालेको छ ।
यो घटना केवल एक महिलाको मात्र अपमान होइन, पुरैं बैंक प्रणालीले गरिब, महिला र साना उद्यमीप्रति लिने दृष्टिकोण कस्तो छ भन्ने उदाहरण पनि हो ।
गरिमा विकास बैंकका सूचना अधिकारी अनिल रेग्मीले डन न्यूजसँगको कुराकानीमा विहान साढे नौंबजेदेखि साढे ५ बजेसम्म बैंकको कार्यालय समय भएको जानकारी दिए । उनले भने–‘खास हाम्रो समय विहान साढे नौं बजेदेखि साढे ५ बजेसम्म हो, तर बैंकको कामको प्रकृतिले गर्दा कहिले छिटो र कहिले ढिलो भने हुन्छ । तर हामी जतिसक्दो छिटो काम सकेर जानुस् भन्छौं ।’
“कि तपाईं ऋण उठाउनुहोस्, नत्र जागिर छोड्नुस्” भन्ने दबाब तल्लो तहका कर्मचारीले झेलिरहेका छन्, जसको असर महिला ऋणीहरूमाथि परिसकेको छ । गरिमा विकास बैंकका बोर्ड सञ्चालकहरूले यो विषयलाई हल्का रूपमा लिने कि संस्थाको गरिमा जोगाउनेतिर गम्भीर हुने? प्रश्न चिन्ह खडा भएको छ ।
(पीडित महिलाको पहिचान गोपनियताका कारण लुकाइएको भएपनि बैंकसँग सूचना माग गर्दा सबै विषय स्पष्टसँग खुलाएर सोधपुछ गरिएको छ । सम्पादक ।)
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म