
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
महोत्तरी । दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि शुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका) दीपावली (यमपञ्चक) सम्पन्न भएसँगै मैथिल (मिथिलाका बासिन्दा) आज बुधबारदेखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु गर्न लागेका हुन् । व्रत विधिअनुसार आज पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् ।
कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि आज बुधबार शुरु हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि बर्तालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको ख्याल शुरु गरिसकेका छन् ।
त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अघ्र्य दिन्छन् । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रासले धेरैजसो बर्तालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।
पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन् । सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अघ्र्य देखाइएका सामग्री उदाउँदा सूर्यलाई देखाउँदै दोस्रो अघ्र्य दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्व सम्पन्न भएसँगै बर्तालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०÷१५ दिनसम्म चलिरहन्छ ।
मिथिलामा वर्षको दुईपटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती छठ भनिन्छ । यद्यपि जनजनलाई परिचालित गर्ने भने शारदीय छठ नै हो ।
मिथिलाका सबै भेगमा अहिले बजारु चहलपहल निकै बढेको छ । पर्वमा गुवोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले राम्रो बजार पाएका छन् । त्यसैगरी यस पर्वका मिष्ठान्न परिकार ठकुवा, भुसुवासहितका सामग्री मिठ्ठा (सक्खर) मा बनाइने चलनले अहिले आम उखु किसान सक्खर बनाउन र बजार पुर्याउन व्यस्त देखिएका छन् ।
पर्वमा सूर्यदेव र षष्ठीदेवीलाई चढाइने मुख्य प्रसाद सामग्री ठकुवा (गहुँको पिठोबाट बनाइने मिष्ठान्न परिकार), भुसुवा (कसार) को पिठो घरमै ढिकी, जाँतो र ओखलमा अत्यन्त पवित्रताका साथ तयार गर्ने चलनले मिथिलाका सबै घरमा अहिले पर्वको चटारो देखिन्छ । पर्वमा प्रसाद सामग्री राख्न बाँसका चोयाले बनेका र माटाका शुद्ध नयाँ भाँडाको प्रयोग गरिने परम्पराले यस्ता सामग्रीको जताततै बजार जमेको देखिँदो छ ।
छठपर्व (व्रत) गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोगव्याध नलाग्ने मैथिल जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ । पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दू मात्र नभएर भाकलका रुपमा फरक धर्म संस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व मिथिलाको साझा पर्वको रुपमा विकास हुँदैछ । सबै जाति, धर्म, सम्प्रदाय र व्यक्ति–व्यक्ति परिचालित हुने हुँदा छठपर्व लोकआस्थाको पर्व बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ ।
बाँसको सामग्री बनाउन मरिक समुदाय व्यस्त
इनरुवा । सुनसरीमा छठलक्षित बाँसका सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही मङ्सिर ५ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन दुई दिन मात्र बाँकी रहेका बेला मरिक समुदाय छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।
सुनसरी सदरमुकाम इनरुवा–१ का मरिक बस्तीदेखि जिल्लाको विभिन्न स्थानीय तहमा रहेका मरिक समुदायले दिनरात एक गरेर छठलक्षित बाँसका साग्रमी बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिक समुदायले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको वीरेन्द्र मरिकले बताउनुभयो । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याई हुने भएकाले एक महिनाअघिदेखि नै बाँसका सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् ।
अहिले गाउँगाउँबाट रु १५० देखि २५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताउनुभयो । छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिकलाई यस पर्वको बेला राम्रो आम्दानी अवसरसमेत भएकाले व्यस्त हुने गरेका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसका सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गरेको भए पनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयवासीको भनाइ छ । छठपर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसका सामग्री सबैलाई पुर्याउन नै गाह्रो हुने भएकाले यतिबेलादेखि नै सामग्री बनाउन मरिकहरु व्यस्त बनेका हुन् । छठमा बाँसको सामग्री पुर्याउन आफूहरु महिना दिनअघिबाट नै काममा व्यस्त हुने गरेको भटाइ मरिकको भनाइ छ ।
हरिनगरा र भुटहाबाट रु १५० देखि २५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयवासीको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताउनुभयो । यता भुटाहाका मरिकहरुजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकहरुसमेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ । यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य छन् ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा