
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा/रसुवा, ११ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटसहितका विभिन्न जिल्लामा ठुलो जनधनको क्षति भएको छ। चीनतर्फबाट एक्कासि आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, जलविद्युत् आयोजना र भौतिक संरचनाहरूमा ठुलो क्षति पुगेको छ ।
प्रहरीको हालसम्मको तथ्यांकअनुसार विभिन्न ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परिसकेको छ भने एक हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको सुरक्षा निकायले जनाएको छ।
जिल्लागत रूपमा भेटिएका शवको विवरण
बुधबार मध्यरातिसम्म नदी किनारमा शव फेला पर्ने क्रम जारी थियो। प्रहरी बुलेटिनअनुसार विभिन्न जिल्लामा भेटिएका शवहरूको संख्या निम्नानुसार रहेको छः
चितवनः ६४ जना
धादिङः २७ जना
नवलपरासी पूर्वः २२ जना
गोरखाः १९ जना
नुवाकोटः १३ जना
तनहुँः ९ जना
रसुवाः ३ जना
विभिन्न अस्पतालमा घाइतेहरूको उपचार
बाढीमा परी घाइते भएका ४१ जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जः २० जना
त्रिशूली अस्पतालः ९ जना
ट्रमा सेन्टरः ४ जना
नर्भिक अस्पतालः ३ जना
वीर अस्पतालः ६ जना
वीरेन्द्र सैनिक अस्पताल, छाउनीः १ जना
व्यापक भौतिक तथा संरचनागत क्षति
सडक तथा पुलहरूः रसुवागढीदेखि गल्छीसम्मको सडक पूर्ण रूपमा ध्वस्त भएको छ। बाढीले कम्तीमा ३२ वटा पक्की पुल बगाएको छ भने सडक पूर्वाधारमा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
जलविद्युत् आयोजनाः ४३१ मेगावाटका सञ्चालनमा रहेका १२ वटा र निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ।
बस्ती तथा सरकारी कार्यालयः रसुवाको रसुवागढी नाकाका संरचना, टिमुरे र स्याफ्रुबेँसी बस्ती बाढीले बगाएको छ। नुवाकोटको बेत्रावती, त्रिशूलीबजार र धादिङको बैरेनी क्षेत्रमा पनि ठुलो क्षति पुगेको छ।
खोज, उद्धार तथा राहत कार्य तीव्र
घटनालगत्तै सरकारले सुरक्षा निकाय र विभिन्न हेलिकोप्टरमार्फत उद्धार कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बिहानैदेखि वस्तुस्थिति बुझ्दै उद्धार र राहतका लागि समन्वय गरिरहेका छन्। साथै, यस विपद्को घडीमा एकढिक्का भई राहत तथा उद्धार कार्यमा जुट्न उनले सबै राजनीतिक दल, सामाजिक संघसंस्था र आमनागरिकलाई अपिल गरेका छन्।
भारत, चीन र विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय समुदायले पनि राहत तथा पुनस्र्थापनाका लागि सहयोगको प्रतिबद्धता जनाएका छन् भने भारतबाट १० टन राहत सामग्रीसहितका औषधि काठमाडौं आइसकिएको छ। प्रमुख दलहरूले पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेर नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतमा खटाएका छन्।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति